नेपाल टेलिकम सल्यानले (NETTV) सेवा सञ्चालन हुदै

नेपाल टेलिकम सल्यानले (NETTV) सेवा सञ्चालन हुदै

भदाै ७ सल्यान

नेपाल टेलिकम सल्यानले जिल्लाकाे तिन क्षेत्रबाट (NETTV), सेवा सञ्चालन गर्न लागेकाे बताएकाे छ।

विज्ञापन

सुचना जारी गर्दै भाद्र ८ गते देखि (NETTV), सेवा सुचारु गर्न लागेकाे टेलिकम कार्यालय सल्यानले सुचना मार्फत सेवाग्राहीमा जानकारी गरेकाे हाे।

तिव्र गतिको फाईवर नेट सेवा जिल्लाकाे प्रमुख क्षेत्र तथा फाइवर सञ्चालन रहेका स्थान खलंगा, श्रीनगर र कपुरकोटबाट टेलिफोन र ईन्टरनेट सेवा दिइरहेको टेलिकमले नेट टिभी तथा लिज लाईन वितरण गर्ने जानकारी दिएकाे हाे ।

निकै सस्तो मुल्यमा २५ एमविपिएस देखि माथिका विभिन्न् प्याकेज सहित इन्टरनेट, फोन, नेट टिभी (NETTV), लिजलाईन वितरण गरिरहेको टेलिकमले अभियानका रूपमा कार्यक्रम ल्याएको जनाएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता