जुम्लामा दुई घण्टा पैदल यात्रा गरेर एक कल फाेन

जुम्लामा दुई घण्टा पैदल यात्रा गरेर एक कल फाेन

सागर परियार श्रावन १४ जुम्ला

जुम्लाको गुठीचौर गाउँपालिकाका केही बस्तीका नागरिकले अहिलेसम्म सहजै रुपमा फोन सेवा सञ्चालन गर्न नपाएको गुनासो गरेका छन् ।

विज्ञापन

गुठीचौर गाउँपालिका वडा नम्बर एक भित्र पर्ने दुई बस्तीमा नेपाल टेलिकमकाे टावरले काम गर्दैन । नालापानी र चोत्रा गाउँमा टावरले कामै नगरेको स्थानीय बासिन्दाले बताउछन।

एक कल फोन गर्न ‘गडिगाँउ, डिल्लीकोट र मणिसाघुँमा दुइ घण्टा यात्रा गरेर जाने गरेकाे चन्द्रिका बस्नेत बताउछिन।

गाउँबासी घण्टौँ हिँडेर टावर भएको ठाउँमा वा अग्लो डाँडामा फोन गर्न पुग्छन् । फोनमा आफन्तसँग कुरा गर्नुपरे दुई घण्टाको समय छुट्याएर घरबाट हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयले गुनासाे गरेका छन।

टावरको क्षमता अभिवृद्धि गर्न सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराए पनि काम हुन नसकेको स्थानीयले बताए।

१ नम्बर वडा अध्यक्ष अर्जुनकुमार महताराले स्थानीयलाई सञ्चारको पहुँचमा पुर्‍याउन पहलकदमी भइरहेको र वडा बाट टावरको क्षमता अभिवृद्धि गरिदिन भन्दै नेपाल टेलिकम शाखा जुम्लालाई सिफारिस गरी माग गरेकाे बताए ।

नेपाल टेलिकम शाखा जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले स्थानीयको माग पूरा गर्न लागि पर्ने बताएका छन ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता