सल्यानको बागचौर नगरपालिकाले सुरु गर्यो स्मार्टपालिका सिस्टम

सल्यानको बागचौर नगरपालिकाले सुरु गर्यो स्मार्टपालिका सिस्टम

सल्यानको बागचौर नगरपालिकाले विद्युतीय सुशासन प्रणाली सहितको स्मार्टपालिका सिस्टम सुरु गरेको छ । नगरपालिकाले प्रविधिमैत्री सूचना र सञ्चारमा सबैको पहुँच पुर्‍याउने उद्देश्यका साथ डिजिटल सर्भे तथा नगरको वस्तुगत स्थिति सहितको डिजिटल प्रणाली सुरु गरेको हो ।

बागचौर नगरपालिकामा आर्थिक वर्ष २०७७/०७८ को नगरसभाबाट विनियोजित डिजिटल नगर प्रोफइलको मुख्य लक्ष्य यस बागचौर नगरबासीहरुलाइ घरबाट सेवा लिने उद्देश्यका साथ अगाडि बढाइएको डिजिटल प्रणाली हो ।

स्मार्टपालिकाकाको तर्फबाट सह- संस्थापक श्री राजनन्द माण्डव्य र अभियान संयोजक श्री आवेग के.सी.ले बागचौर नगरपालिकाका प्रमुख लोकमान बुढाथोकीलाई सिस्टम हस्तान्तरण गरेका हुन् ।

विद्युतीय सुशासनको सुरुवातसँगै नगरपालिकाले सूचना र प्रविधिमा फड्को मार्ने तथा स्थानीय सरकार र जनताबीचको दुरीलाई कम गर्नुका साथै स्मार्ट नगरपालिका बन्नेमा नगरका प्रमुख बुढाथोकीले विश्वास व्यक्त गरे । साथै नगरपालिकाले निर्माण गरेको स्मार्ट पालिका बागचौर एप सम्पुर्ण बागचौर नगरबासीहरुको हात हातमा पुर्याउनका लागि नगरपालिकाले थप कार्यक्रमहरु अगाडि बढाउने नगर प्रमुख बुढाथोकीले बताए ।

बागचौर नगरबासीहरुले अब आफ्नो सम्पुर्ण विवरण एप आफै लगईन आइडि निर्माण गरि हेर्न सकिने भएको छ। डिजिटल प्रोफइल निर्माण गर्ने क्रममा गणकले सर्वेको क्रममा दिएको टोकन नम्बर वा मोबाइल नम्बरको प्रयोग गरि सजिलै सँग लगईन आइडि बनाउन सकिनेछ । साथै नयाँ तथ्याङ्क, जानकारी सूचनाहरु सजिलै अपडेट सम्पूर्ण कार्यालयहरुबाट र नगर कार्यपालिकाको कार्यालयबाट गर्ने मिल्नेछ ।

त्यसको साथसाथै प्रत्येक नागरिकको सूचनाको हक सम्बन्धिको अधिकारलाई मध्यनजर गर्दै यस निकायको प्रक्रति र स्वरुप, निकायको काम कर्तव्य र अधिकार, निकायमा रहने कर्मचारीको नाम र संख्या, निकायबाट प्रदान गरिने सेवा, सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी, निर्णय उप उजुरी सुन्ने अधिकारी, सम्पादन गरेका कामको विवरण ऐन, नियमावली कार्यविधिहरु, आम्दानी खर्च तथा आर्थिक कारोबार सम्बन्धि अद्यावधिक विवरणको पनि यस स्मार्ट पालिका बागचौर एपबाट सजिलै हेर्न सकिने भएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता