नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाई  सेवा सुचारु गर्दै

नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाई सेवा सुचारु गर्दै

माघ ७ काठमाडौं ।

नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाई सेवा सुचारु गर्ने भएको छ।

विज्ञापन

एफटीटीएच उपलब्ध नभएका ठाउँमा द्रुत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाई सेवा विस्तार गर्ने भएको छ ।

कम्पनीले यो सेवाका विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको जनाएको छ ।

यी प्याकेज आवश्यक डिभाइससहित ग्राहकवर्गलाई सहज रुपले उपलब्ध गराउन टेलिकम र साइबरनेटिक्स प्रालिबीच सम्झौता भएको छ । बुधबार उक्त सम्झौता पत्रमा टेलिकमका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रालिका सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन् ।

 उक्त वाईफाई सेवा टेलिकमले व्यक्तिगत र सरकारी संस्था गरी दुई प्याकेज उपलब्ध गराउने जनाएको छ ।

कम्पनीका अनुसार व्यक्तिगत प्याकेज अन्तर्गत होम ब्रोडव्यान्ड वेसिक रु.८०० मा ६० जीबी ३० दिनका लागि उपलब्ध गराउने जनाएको छ । त्यसैगरी १ वर्षका लागि रु.९ हजारमा ७२० जीबी प्याक उपलब्ध हुने जनाएको छ ।

यसलाई प्रतिमहिना ६० जीबीको दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा रु.४०० मा १५ दिनका लागि ६० प्याक लिन सकिन्छ ।

होम ब्रोडब्यान्ड प्रिमियम अन्तर्गत रु.१ हजार २०० मा १२० जीबी प्याक ३० दिनको लागि उपलब्ध हुन्छ । त्यसैगरी १ वर्षका लागि रु.१३ हजार ५०० मा १ हजार ४४० जीबी प्याक उपलब्ध हुन्छ ।

यसलाई प्रतिमहिना १२० जीबीका दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा रु.६०० मा १५ दिनका लागि १२० जीबी प्याक लिन सकिन्छ ।

त्यस्तै सरकारी संस्था प्याकेज अन्तर्गत ३ हजार ६५० र २ हजार १०० मा ३० दिनका लागि विभिन्न प्रकारका प्याकेजहरु उपलब्ध छन् । यी प्याकेजबाट अनलिमिटेड डाटा चलाउन सकिन्छ । वार्षिक र अर्धवार्षिक रुपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको समेत व्यवस्था गरिएको छ ।

यो वाईफाई सेवाको प्याकेज र यसको दर सम्बन्धमा विस्तृत जानकारी https://www.ntc.net.np/post/4g-wireless-home-broadband मा उपलब्ध रहेको जनाएको छ ।

हाल देशका अधिकांश स्थानमा फोरजी सेवा पुगिसकेको र घरमा वा कार्यालयमा द्रुत गतिको इन्टरनेट विभिन्न डिभाइसमार्फत चलाउन इच्छुक सेवाग्राहीको संख्या वृद्धि हुँदै गरेकोले यो सेवा प्रभावकारी र आकर्षक हुने अपेक्षा गरेको टेलिकमले जनाएको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता