प्रेस सेन्टर नेपाल सल्यानको अध्यक्षमा प्रकास शर्मा  निर्वाचित

प्रेस सेन्टर नेपाल सल्यानको अध्यक्षमा प्रकास शर्मा निर्वाचित

सल्यान कार्तिक १०

प्रेस सेन्टर नेपाल सल्यानको अध्यक्षमा दार्मा गाउपालिकाका प्रकास शर्मा निर्वाचित भएका छन् । बुधवार सल्यान खलङ्गामा सम्पन्न पाँचौँ सम्मेलनबाट शर्मा निर्विरोध निर्वाचित भएका हुन । 

विज्ञापन

जसको उपाध्यक्षमा महेश कुमार ओली, समावेशी उपाध्यक्षमा सरिता चलाउने, सचिव इन्द्र बहादुर बुढाथोकी, सह सचिव हिमाल उपाध्याय, समावेशी सह सचिव विमला परियार र कोषाध्यक्ष तेज बहादुर थापा रहेका छन् । 

यस्तै सदस्यहरूमा जीवन यरी, लोकराज विक, शेरजंग कंवर, अमृत बुढाथोकी, गिर्दल बुढाथोकी, साबित्रा बस्नेत, खिमा बोहरा, खड्क बहादुर पुन, तिर्सना वि.क, गोपाल शर्मा, सञ्जीव शर्मा, महेश वली र कविराज खड्का रहेका छन ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता