हुम्लाकाे दुर्गम गाउँ ओखरेनमा इन्टरनेट सेवा सुचारु

हुम्लाकाे दुर्गम गाउँ ओखरेनमा इन्टरनेट सेवा सुचारु

असार २२ सल्यान

हुम्लाको सिमकोट गाउँपालिका वडान ७को ओखरेन गाउँमा ईन्टरनेट सेवा सञ्चालनमा आएकाे छ। सदरमुकाम नजिकै फोन सेवा राम्रो नभएकोले फोनभन्दा इन्टरनेट राम्रो देखिएकाेले स्थानियकाे पहलमा इन्टरनेट सेवा पहिलाे पटक ओखरेन गाउमा सञ्चालनमा आएकाे हाे।

विज्ञापन

दुर्गम गाउ ओखरेनमा नेपाल टेलिकमकाे मोबाइल नेटवर्कमा स्पष्ट नबुझिने पटक पटक समस्या आउने गरेकाेले निजी कम्पनीहरुले प्रदान गरेको इन्टरनेट सेवाबाट दुर्गम गाउँका सर्वसाधारणले सेवा लिन पाउँदा नेकपा मोओवादी केन्द हुम्लाका सचिवलय सदस्य महेन्द« बहादुर शाहीले अब युग परिवर्तनकाे दिशामा अगाडी बढीसकेकाले २०६३ सालमा सञ्चार मन्त्री कृष्ण बहादुर महराले उद्धघाेष गरेकाे स्थानिय जन्ताकाे हात हातमा माेवाइल घरघरमा इन्टरनेट हुनेछ भन्ने याेजना हाल आयर सफल भएकाे बताए ।

ईन्टरनेट सेवा लागु भए पछि लकडाउनका कारणले शहरवाट घर फर्केका बिद्यार्थी अब अनलाइन कक्षाकाे पहुँचमा हुने र शैक्षिक क्षेती कम हुने आशामा अब गाउँका आफन्त सुखद समाचार यात दुखत समाचार तत्काल सुन्न र देख्न पाउने भएकाले याे ठुलाे सफलता स्थानिय चाँप बहादुर विकले बताए। अब इन्टरनेट सुचारु भएसगै ओखरेन गाउका स्थानियले आफन्तजन संग भिडीयोकल,च्याट लगायतका दैनिकी अफिसियल कार्यहरुमा सहज हुने बताइएकाे छ। वर्डलिङ्क इन्टरनेट कम्पनीले ओखरेन गाउमा पहिलाे पटक इन्टरनेट सेवा जडान गरेकाे हाे।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता