ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
जाजरकोटमा कार्यपालिका निर्णय पुस्तिका हरायो 

जाजरकोटमा कार्यपालिका निर्णय पुस्तिका हरायो 

सल्यान असार ९ ।

भेरि नगरपालिका जाजरकोटकाे कार्यपालिका निर्णय पुस्तिका पुस्तिका हराएको छ।

विज्ञापन

भेरी नगरपालिकाको कार्यपालिका बैठकको निर्णय पुस्तिका हराएको  नगरपालिकाले खोजी कार्यका लागि जिल्ला प्रशासन कार्यालयसँग आवश्यक सहयोग माग गरेकाे पत्राचार गरे सगै निर्णय पुस्तिका हराएको खबर बाहिरको हाे।

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुहरी तिमिल्सेनाद्वारा प्रमुख जिल्ला अधिकारीलाई पठाइएको पत्र अनुसार
असार ९ गते कार्यपालिकाको बैठक सम्पन्न भई उपस्थित सदस्यहरूले दस्तखत गरिसकेपछि निर्णय पुस्तिका हराएको जानकारी प्राप्त भएको हो।

पत्रमा उल्लेख भएअनुसार वडा नं. २ का वडा अध्यक्ष भिम बहादुर कार्कीले उक्त निर्णय पुस्तिका लिएर उपप्रमुखको कार्यकक्षमा पुगेको सिसिटिभी फुटेजमा देखिएको जनाइएको छ।

साथै नगर उपप्रमुखको सचिवालयसँग फोन सम्पर्क गर्दा निर्णय पुस्तिकाबारे कुनै जानकारी नभएको मौखिक जानकारी प्राप्त भएको पत्रमा उल्लेख छ।

निर्णय पुस्तिका हराएपछि नगरपालिकाले त्यसको खोजी तथा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयसँग सहयोगको अनुरोध गरेको छ।

कार्यपालिकाको निर्णय पुस्तिका स्थानीय सरकारको महत्वपूर्ण अभिलेख भएकाले यसको खोजी तथा संरक्षणलाई नगरपालिकाले प्राथमिकताका साथ अगाडि बढाएको जनाएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता