
दुधमा प्रोत्साहन अनुदान शुनिश्चित गर्न चौमासिक भुक्तानी गर्न मन्त्री शर्माको निर्देशन
सुर्खेत साउन ७ कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले किसानले उत्पादन गरेको दुधमा प्रोत्साहन अनुदान शुनिश्चित गर्न चौमासिक रुपमा किसानलाइ भुक्तानी गर्न निर्देशन दिनुभएको छ। कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशु पन्छी विकास निर्देशनालय वीरेन्द्रनगर सुर्खेतको आयोजनामा आयोजना गरिएको दुइ दिने आर्थिक बर्ष २०७९/०८०को वार्षिक…