सुनगाभा सैनामैना गोल्डकपको उपाधि कपिलवस्तु ११ ले जित्यो

सुनगाभा सैनामैना गोल्डकपको उपाधि कपिलवस्तु ११ ले जित्यो

 

बुटवल – कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा भैरहेको प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको उपाधि जितेको छ ।

मुर्गिया फुटवल क्लवको आयोजनामा बुधबार सैनामैनाको मुर्गिया स्थित रंगशालामा भएको फाईनल खेलमा अभिषेक चर्च रजहर नवलपुरलाई १–० गोल अन्तरले पराजित गर्दै कपिलवस्तु ११ प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको उपाधि बिजेता बनेको हो ।

पहिलो हाफ बराबरी खेलेका दुवै टिम खेलको दोश्रो हाफको १० मिनेटमै कपिलवस्तु ११ का जर्सी नम्बर १० का खेलाडी मोहम्मदले डि बक्समा पाएको उत्कृष्ट अवसरलाई गोलमा परिणत गरेसंगै कपिलबस्तु ११ प्रथम सुनगाभा सैनामैना गोल्डकपको उपाधी बिजेता बन्न सफल भएको छ ।

१० दिनसम्म चलेको उक्त खेल प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा उपाधि बिजेता कपिलवस्तु ११ ले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने अभिषेक चर्च रजहर नवलपुरले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।