इडनमा खेलकुद प्रतियोगिता शुरु

इडनमा खेलकुद प्रतियोगिता शुरु

 

बुटवल – बुटवल ११ नहरपुरमा अवस्थित इडन इङ्लिस बोर्डिङ स्कुलमा इडन स्पोर्ट्स मिट-२०८१ मङगलवारबाट शुरु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि विद्यालयका अध्यक्ष तथा जनप्रतिनिधि नकुल शाही ठकुरीले हाइड्रोजन बेलुन उडाएर तथा भलिबल खेलको रिबन काटेर इडन स्पोर्ट्स मिटको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी ठकुरीले शिक्षण सिकाईसँगै खेल पनि सिकाइको महत्वपूर्ण पाटो रहेको बताउदै विद्यालयहरूले विद्यार्थीको क्षमता अनुसारका खेलकुदमा सहभागीता गराउनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै विद्यालयका प्राचार्य शिवहरी भट्टराईले बिद्यार्थीहरुको चौतर्फी विकासका लागि किताबी ज्ञान सङ्गै खेलकुद मनोरञ्जन का क्षेत्रमा पनि अगाडि बढाएको बताउदै तीन दिने खेलकुद कार्यक्रममा सबै विधार्थिहरुले उत्साहजनकरुपमा भाग लिन समेत आग्रह गर्नुभयो ।

यहि माघ ८,९ र १० गते सम्म सञ्चालन हुने खेलहरूमा भलिबल कबड्डी तेक्वान्डो एथलेटिक्स तथा विभिन्न मनोरञ्जनात्मक खेलहरू समेत समावेश गरिएको खेलकुद कार्यक्रमका संयोजक तथा अतिरिक्त क्रियाकलाप प्रमुख आरभ श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रम विद्यालयका प्राचार्य शिवहरी भट्टराईको अध्यक्षता तथा उपप्राचार्य कुशल बस्यालको सन्चालनमा सम्पन्न भएको हो ।