आठौ राष्ट्रपति रनिङ शिल्ड सैनामैनाको उपाधी पशुपति मा.वि.ले उचाल्यो

आठौ राष्ट्रपति रनिङ शिल्ड सैनामैनाको उपाधी पशुपति मा.वि.ले उचाल्यो

 

सैनामैना – आठौ राष्ट्रपति रनिङ शिल्ड तथा खेलकुद सप्ताह सैनामैनाको उपाधी पशुपति माध्यमिक विधालयले जितेको छ ।
सैनामैना नगरपालिका खेलकुद विकास समिति सैनामैनाको आयोजनामा नगरस्तरीय खेल सप्ताहमा पशुपति माध्यमिक विधालयले १५ स्वर्ण ७ रजत तथा १६ कास्य सहित नगर प्रथम हुन सफल भएको छ । १५ स्वर्ण ६ रजत तथा ११ कास्य प्राप्त गरि सैनामैना पर्राेहा परमेश्वर नमुना माध्यमिक विधालय द्वितीय, १४ स्वर्ण १० रजत तथा २ कास्य सहित पर्राेहा माध्यमिक विधालय तृतीय भएको छ भने ४ स्वर्ण ९ रजत तथा १३ कास्य प्राप्त गर्न सफल रामापुर माध्यमिक विधालय चौथो स्थान हासिल गरेको छ ।

आठौ राष्ट्रपति रनिङ शिल्ड तथा खेलकुद सप्ताह २०८१ को बुधबार सम्पन्न आधरभुत तह छात्रातर्फको फाईनल भलिबल खेलमा पशुपति माध्यमिक विधालय प्रथम, सरस्वती माध्यमिक विधालय द्वितीय र जनज्योति आधारभूत विधालय तृतीय भएको छ भने आधरभुत तहकै छात्रतर्फको भलिबल प्रतियोगितामा रामापुर माध्यमिक विधालय प्रथम, जनचेतना माध्यमिक विधालय द्वितीय र सालझण्डी माध्यमिक विधालयले तृतीय स्थान हासिल गरेको छ ।

यसैगरी माध्यमिक तह छात्रातर्फको फाईनल भलिबल खेलमा पर्राेहा माध्यमिक विधालय प्रथम, पशुपति माध्यमिक विधालय द्वितीय र सैनामैना पर्राेहा परमेश्वर नमुना माध्यमिक विधालय तृतीय भएको छ भने माध्यमिक तहकै छात्रतर्फको भलिबल प्रतियोगितामा सैनामैना पर्राेहा परमेश्वर नमुना माध्यमिक विधालय प्रथम, पर्राेह माध्यमिक विधालय द्वितीय र रामापुर माध्यमिक विधालयले तृतीय स्थान हासिल गरेको छ ।

 

खेल सप्ताह प्रतियोगितामा छात्रातर्फको कबड्डी खेलमा सैनामैना पर्राेहा परमेश्वर नमुना माध्यमिक विधालय प्रथम, जनकल्याण माध्यमिक विधालय द्वितीय, प्रभात इङलिस बोर्डिङ सेकेन्डरी स्कुल र पशुपति माध्यमिक विधालय तृतीय हुन सफल भएको छ ।

कबड्डी खेलमै छात्रतर्फ सैनामैना पर्राेहा परमेश्वर नमुना माध्यमिक विधालय प्रथम, जनकल्याण माध्यमिक विधालय द्वितीय, पर्राेहा माध्यमिक विधालय र जनचेतना माध्यमिक विधालय तृतीय स्थान हासिल भएको छ ।

प्रतियोगिताको समापन गर्दै सैनामैना नगरपालिकाका मेयर फणिन्द्र प्रसाद शर्माले विद्यालयमा अध्ययनरत धेरै विद्यार्थीहरु खेलकुदकै क्षेत्रबाट संसारमा परिचित रहेको उदाहरण दिँदै अहिले विद्यार्थी भविष्यका खेलाडी पनि भएकोले खेलकुद सप्ताहले विद्यार्थीहरुमा थप उर्जा थपिने बताए । उनले नगरका विधालय स्तरका विद्यार्थीहरुको खेल क्षमताको वृद्धि विकास गर्न खेल सप्ताहले सहयोगी बन्ने दाबी गरे ।

सैनामैना नगरपालिका उपप्रमुख विना रानाले खेलकुदको माध्यमबाट विद्यालय र आफ्नो व्यक्तिगत पहिचानलाई समाज, राष्ट्र हुँदै समग्र अन्तरास्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने बताईन ।

प्रतियोगितामा दौड, कराँते, तेक्वान्दो, उसु, हाइजम्प लङजम्प लगायतका खेल खेलाइएको थियोे । प्रतियोगितामा नगरपालिकाभित्रका ३३ विद्यालयका करिब ३ हजार विद्यार्थीले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । ६ दिनसम्म सञ्चालन भएको प्रतियोगिताका उत्कृष्ट खेलाडीले जिल्ला स्तरीय प्रतियोगितामा भाग लिने छन्।

सैनामैना नगर खेलकुद समितिका संयोजक खिम श्रेष्ठको अध्यक्षता समितिका सदस्य अर्जुन पोख्रेलको स्वागत तथा सदस्य सचिव डिआर गैरेको संचालनमा कार्यक्रम सप्पन्न भएको थियोे ।