जिल्लास्तरीय खुला नकआउट क्रिकेट प्रतियोगिताको उपाधी लुम्बिनी खुकुरी क्लबलाई

जिल्लास्तरीय खुला नकआउट क्रिकेट प्रतियोगिताको उपाधी लुम्बिनी खुकुरी क्लबलाई

 

बुटवल – रुपन्देहीको सैनामैनामा सम्पन्न जिल्लास्तरीय खुला नकआउट क्रिकेट प्रतियोगिता उपाधी लुम्बिनी खुकुरी क्लबले जितेको छ ।
स्टार स्पोर्टस क्लब सैनामैना–७ को आयोजना तथा सैनामैना नगरपालिकाको संरक्षकत्वमा सैनामैनामा सम्पन्न छैठौ जिल्लास्तरीय खुला नकआउट क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आज देवदह क्रिकेट युनिटलाई २२ रनले पराजित गरि लुम्बिनी खुकुरीले उपाधि हात परेको हो । उपाधि सँगै लुम्बिनीले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफि प्राप्त गरेको छ । उपविजेता देवदह क्रिकेट युनिटले २५ हजार ५ सय २५ मा चित्त बुझाएको छ ।
टस जितेर ब्याटिङ गरेको लम्बिनी खुकुरीले निर्धारित २० ओभरमा ९ विकेटको गुमाएर १ सय २३ रन को योगफल तयार पारेको थियो । जसका लागि प्रज्वल थापा ४२ रन, एकलख अहमद ३० रन र निश्चल चौधरीले २३ रन बनाएका थिए भने बलिङ्गतर्फ सन्दिप खत्री, विवेक, शिव, विकास, दिपेन्द्र र सुरजले एक एक विकेट लिएका थिए ।
१२३ रनको लक्ष्य पछ्याउने क्रममा देवदहले १ सय १ रनमै अलआउट भएको हो । देवदहका लागि दिपक भण्डारीले २५ रन सुरज खड्काले १४ रन बनाएका थिए भने अन्य ब्याटसम्यानले दोहोरो अंकको रनको जोड्न सकेनन् । बलिङ्गमा हेमन्त र एकलखले २२ विकेट लिएका थिए । फाइनल खेलको म्यानअफ द म्याच प्रज्वल थापा भएका छन् । उनले नगद पुरस्कार सहित गिफ्ट ह्याम्पर समेत पाएका छन् ।
यसैगरि प्रतियोगिता अवधिभर म्यान अफ दि सिरिज सन्दीप खत्री, उत्कृष्ट बलर सुनिल पौडेल र उत्कृष्ट ब्याट्सम्यान मनिष खत्रीले हात परेका छन् । उनीहरुले नगद ३ हजार र २२ हजार सहित प्रमाणपत्र र ट्रफि प्राप्त गरेको खेलसंयोजक कृष्ण ज्ञवालीले जानकारी गराउनुभयो । प्रतियोगिता अवधिभर हिमाल इङ्गलिस स्कूल प्राचार्य मेघराज अर्यालले कमेन्टी गरेका थिए ।
सैनामैना ७ मा अवस्थित लम्टीया क्रिकेट रंगशालामा मंसिर १५ गतेदेखि प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगितामा कुल ९ टिमको सहभागिता रहेको थियो ।