जिल्लास्तरीय खुला नकआउट क्रिकेट प्रतियोगिताको उपाधी लुम्बिनी खुकुरी क्लबलाई
- ई प्रतिबिम्ब
- २०८१ मंसिर २३
- 335 views
बुटवल – रुपन्देहीको सैनामैनामा सम्पन्न जिल्लास्तरीय खुला नकआउट क्रिकेट प्रतियोगिता उपाधी लुम्बिनी खुकुरी क्लबले जितेको छ ।
स्टार स्पोर्टस क्लब सैनामैना–७ को आयोजना तथा सैनामैना नगरपालिकाको संरक्षकत्वमा सैनामैनामा सम्पन्न छैठौ जिल्लास्तरीय खुला नकआउट क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आज देवदह क्रिकेट युनिटलाई २२ रनले पराजित गरि लुम्बिनी खुकुरीले उपाधि हात परेको हो । उपाधि सँगै लुम्बिनीले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफि प्राप्त गरेको छ । उपविजेता देवदह क्रिकेट युनिटले २५ हजार ५ सय २५ मा चित्त बुझाएको छ ।
टस जितेर ब्याटिङ गरेको लम्बिनी खुकुरीले निर्धारित २० ओभरमा ९ विकेटको गुमाएर १ सय २३ रन को योगफल तयार पारेको थियो । जसका लागि प्रज्वल थापा ४२ रन, एकलख अहमद ३० रन र निश्चल चौधरीले २३ रन बनाएका थिए भने बलिङ्गतर्फ सन्दिप खत्री, विवेक, शिव, विकास, दिपेन्द्र र सुरजले एक एक विकेट लिएका थिए ।
१२३ रनको लक्ष्य पछ्याउने क्रममा देवदहले १ सय १ रनमै अलआउट भएको हो । देवदहका लागि दिपक भण्डारीले २५ रन सुरज खड्काले १४ रन बनाएका थिए भने अन्य ब्याटसम्यानले दोहोरो अंकको रनको जोड्न सकेनन् । बलिङ्गमा हेमन्त र एकलखले २२ विकेट लिएका थिए । फाइनल खेलको म्यानअफ द म्याच प्रज्वल थापा भएका छन् । उनले नगद पुरस्कार सहित गिफ्ट ह्याम्पर समेत पाएका छन् ।
यसैगरि प्रतियोगिता अवधिभर म्यान अफ दि सिरिज सन्दीप खत्री, उत्कृष्ट बलर सुनिल पौडेल र उत्कृष्ट ब्याट्सम्यान मनिष खत्रीले हात परेका छन् । उनीहरुले नगद ३ हजार र २२ हजार सहित प्रमाणपत्र र ट्रफि प्राप्त गरेको खेलसंयोजक कृष्ण ज्ञवालीले जानकारी गराउनुभयो । प्रतियोगिता अवधिभर हिमाल इङ्गलिस स्कूल प्राचार्य मेघराज अर्यालले कमेन्टी गरेका थिए ।
सैनामैना ७ मा अवस्थित लम्टीया क्रिकेट रंगशालामा मंसिर १५ गतेदेखि प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगितामा कुल ९ टिमको सहभागिता रहेको थियो ।
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्