सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिता हुदै
सैनामैना – रुपन्देहीको सैनामैनामा रहेको दुधराक्ष युवा क्लवको आयोजनामा माघ २५ गते देखी फागुन ३ गते सम्म सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता सैनामैना–६, कलौनी चोक लुम्बिनी रोड खेल मैदानमा सञ्चालन हुनेछ ।
भलिवल खेल सञ्चालन गर्नका लागि नेपाल भलिबल संघमा क्लवले मंसिर १० गते पत्रचार गरेको थियो । उक्त पत्रका आधारमा संघले अन्तर्राष्ट्रिय भलिवल महासंघ र नेपाल भलिबल संघको नीति नियम भित्र रहि प्रतियोगिता सञ्चालन गर्न स्वीकृती प्रदान गरेको छ ।
प्रतियोगितामा राष्ट्रिय स्तरका क्लवहरुलाई सहभागी गराउने दुधराक्ष युवा क्लवका अध्यक्ष किरन पोख्रेलले बताए । त्यस्तै प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने टिमलाई नगद, शिल्ड, मेडल र प्रमाण पत्रले सम्मान गरिने भन्दै खेल सम्बन्धी अन्य जानकारी छिट्टै पत्रकार सम्मेलन गरेर घोषणा गर्ने क्लवका सचिव पदम पाण्डेले बताए ।
क्लवले गत वर्ष स्व.ढुण्डी थरुनी स्मृति कप अन्तर्गत जिल्लास्तरीय भलिबल प्रतियोगिता सम्पन्न गरेको थियो ।
प्रतिकृया दिनुहोस्