सल्यानको दमाचौरमा १२ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सल्यानको दमाचौरमा १२ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

असार ११ सल्यान
१२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सल्यानको दमाचौरमा शुरु भएको छ ।

जिल्ला खेलकुद विकास समितीका अध्यक्ष खड्ग आचार्यको अध्यक्षतामा सुरु भएकाे खेलकुद कार्यक्रम छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीको उद्धघाटन गरेका थिए।

विज्ञापन

कार्यक्रममा कर्णाली प्रदेश खेलकूद विकास परिषद सदस्य भुमा बुढाथोकी, भानुभक्त माद्यामिक बिद्यालय दमाचौरका प्रधानाध्यापक खुमानन्द केसी, जिल्ला खेलकूद विकास समिती सल्यानका पुर्वअध्यक्ष विजय सिंह लगाएतले शुभकामना मनतब्य ब्यक्त गरेकाे थिए।

खेलकूद विकास समिती सल्यानका सदस्य सचिव तुफान वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख शिवराज अधिकारीले गर्नुभएको थियो ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ मा रहेको भानुभक्त माद्यामिक बिद्यालय दमाचौरको खेलमैदानमा शुक्रवारबाट शुरु भएको प्रतियोगिता आइतवार सम्म सञ्चालन हुने आयाेजकले बताएकाे छ।

प्रतियोगितामा जिल्लाका पाँच वटा पालिकाको सहभागिता रहेको खेलकुद कार्यक्रममा भलिवल, कवड्डी, कराँते र एल्थेटिक्स प्रतियोगिताहरु सञ्चालन भैरहेका छन् ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता