सुदुरपश्चिम संयोजक नागरी द्बारा खेलकुद सामाग्री सहयोग

सुदुरपश्चिम संयोजक नागरी द्बारा खेलकुद सामाग्री सहयोग

बैतडी माघ १०

 नेपाल परिवार दल सुदुरपश्चिम संयोजक खडक नागरीले प्रगतिशील युवा क्लबलाई खेलकुद सामाग्री सहयोग गरेका छन।

विज्ञापन

संयोजक नागरीले बैतडी जिल्लाको प्रगतिशील युवा क्लब पुचौडीलाई कुर्सी, भलिवल, रजिस्ट्रर लगायतका सामाग्री सहयोग गरेका हुन।

पछिल्लो समयमा युवाहरु खेलकुद क्षेत्रमा रुची देखाएकाले युवाहरुलाइ खेल क्षेत्रमा आकर्षण गर्न खेलकुद सामाग्री सहयोग गरेका बताइएको छ।

नेपाल परिवार दलका सुदुरपश्चिम संयोजक नागरीले प्रगतिशील युवा क्लब पुचौडीका अध्यक्ष करन भट्टलाइ ४ थान कुर्सी, १ थान भलिवल, २ थान रजिस्ट्रर हस्तारण गरेका हुन।

युवाहरुको खेल क्षेत्रमा रुचि भए पनि कुनै पनि निकायएले सहयोग नगरेको गुनासो कल्वका अध्यक्षले गरेपछि नागरीले उक्त खेलकुद सामाग्री सहयोग गरेको अध्यक्ष भट्टाराइले बताए।

युवा नेता नागरीले राजनितीलाइ सामाजिक सेवा मुलक बनाउदै कोभिडको समयमा खाद्यन्न सामाग्री सहित दुरदराजका गाउमा पुगेर सहयोग गरेको अरु नेताहरु जन्तालाइ कुनै ब्यवास्ता गरेकोले सहयोग गर्ने नेता नागरीको सबैले प्रशंसा गर्नु पर्ने बताए उनले भने अब नेता भनेको नागरी हो त्यसैले सबैले एकपटक नेता नागरीलाइ सहयोग गर्नु पर्ने बताए।

सामग्री हस्तान्तरण कार्यक्रममा बैतडी जिल्ला पार्टीका युवानेता सुदर्शन भट्टको पनि सहभागीता रहेको थियो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता