स्वास्थ्य महिला आमा समुह गर्चेको आयोजनामा भलिबल प्रतियोगिता
असार ५ सल्यान
छत्रेश्वरी गाउँपालिका वडा नं ६ भलिबल प्रतियोगिता खेलकुद कार्यक्रम सञ्चालन गरिएको छ।
वडा नं ६ स्वास्थ्य महिला आमा समुह गर्चेको आयोजनामा भलिबल प्रतियोगिता भलिबल खेलकुद कार्यक्रम आयाेजना गरिएको हाे।
खेलकुद कार्यक्रमका प्रमुख अतिथि तथा छत्रेश्वरी गाउँपालिका अध्यक्ष श्री ओज बहादुर बुढाथोकी र विशिष्ट अतिथि उपाध्यक्ष बुद्धा कुमारी खत्रीकाे विशेष उपस्थितिमा उक्त खेलकुद कार्यक्रमकाे अध्यक्ष बुढाथोकीले उद्घाटन गर्नुभएको हाे।
खुला भलिबल प्रतियोगितामा १७ टिमको सहभागिता रहेको छ बिजयी प्रतियोगी खेलाडी लाई नगत पुरस्कार सहित मेडल,प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी जानकारी दिएकाे छ।
स्वास्थ्य महिला आमा समुह गर्चेकी अध्यक्ष श्री सरस्वती रावतको अध्यक्षतामा भएको प्रतियोगितामा वडा नं ५ का वडा अध्यक्ष श्री फौद बहादुर बस्नेत, ६ नं वडा अध्यक्ष श्री टिकाराम बुढा, वडा सदस्यहरु खड्गनाथ योगी,सागर नेपालीकाे विशेष उपस्थिति रहेकाे थियोे।
छत्रेश्वरी वडा नं ६ को संङ्घारमा ५ देखि ७ गतेसम्म खेलको प्रतिस्पर्धा हुने भलिबल प्रतियोगिता कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि ,राजनीति दलका प्रतिनिधि ,समाजसेवी , सुरक्षा निकाय ,सहयोगदाता लगायत अन्य सरोकारवाला निकायका प्रतिनिधि खेलप्रेमी आमजनसमुदायको सहभागिता रहेको कार्यक्रमको संचालन खड्ग शाहीले गर्नु भएको थियो ।
#स्वास्थ्य महिला आमा समुह गर्चेको आयोजनामा भलिबल प्रतियोगितासामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा