गाउँपालिका अध्यक्ष र उपाध्यक्ष द्वारा वडा नं १का खेलाडीहरु सम्मानित
जेठ ३ सल्यान
कपुरकाेट गाउँपालिका सल्यानका अध्यक्ष दुर्गा पुन र उपाध्यक्ष प्रकाश भण्डारीले वडा नं १का खेलाडीहरुलाई सम्मानित गर्नुभएको छ।
गत बैशाख २६ गते देखि २९ गते सम्म सञ्चालन भएको चाैथाे कपुरकाेट कप खेलकुद प्रतियोगितामा पुरुष भलिबल तर्फ प्रथम, महिला भलिबल तर्फ तृतीय स्थान हासिल गर्ने खेलाडीहरुकाे खेल प्रति उच्च मनाेबल कायम राख्न गाउँपालिका अध्यक्ष दुर्गा पुन, उपाध्यक्ष प्रकाश भण्डारी र १ नं वडा अध्यक्ष बालाराम खड्काले सयुक्त रुपमा खेलाडीहरुलाई सम्मानित गर्नुभएकाे हाे।

वडा नं १ काे आयाेजनामा आयाेजना गरिएको सम्मानित कार्यक्रममा खेलाडीहरुलाइ खादा र माला द्वारा सम्मानित गरिएको छ।
खेलकुद कार्यक्रम बैशाख २६ गते उद्घाटन भई २९ गते समापन भएको कार्यक्रममा पुरुष भलिबलको उपाधि वडा नं १ र महिला भलिबलको उपाधि वडा नं ५ ले प्राप्त गरेका थिए।
उक्त सम्मानित कार्यक्रममा वडा नम्बर १ का कार्यपालिका सदस्यहरू , वडा सदस्यहरू, टोल विकास संस्थाका प्रतिनिधिहरू, सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

पाँचौं संस्करणको गाउँपालिका स्तरीय खेलकुद प्रतियोगितालाई थप खेलका विधाहरू पनि समेटेर लैजाने उदेश्यका साथ याेजना बनाएको उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनुभएको छ।
२९ गते समापन भएको खेलकुद कार्यक्रममा पुरुष भलिबल खेलतर्फ वडा नं १ प्रथम वडा नम्बर ५ द्वितीय र वडा नम्बर ३ तृतीय स्थान हासिल गरेका थिए।
त्यसै महिला भलिबल खेलतर्फ वडा नम्बर ५ प्रथम वडा नम्बर ३ द्वितीय र वडा नम्बर १ तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।

प्रतियोगितामा सर्वोत्कृष्ट पुरुष खेलाडी वडा नम्बर ५ का खेलाडी खुमबहादुर घर्ती र सर्वोत्कृष्ट महिला खेलाडी वडा नम्बर ४ की सुदिक्षा सेन भएकी थिइन् ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा