यू-१६ प्रादेशिक छनोट प्रतियोगितामा सहभागीताकाे लागि सल्यानका  १४ खेलाडी छनाेट

यू-१६ प्रादेशिक छनोट प्रतियोगितामा सहभागीताकाे लागि सल्यानका १४ खेलाडी छनाेट

जेठ ३ सल्यान

सल्यानमा यू- १६ समुहको प्रादेशिक छनाेट प्रतियोगिता २०८२ काे लागि प्रतियोगितामा सहभागी हुने १४ खेलाडीहरुकाे सल्यान जिल्लाबाट छनाेट गरिएको छ।

विज्ञापन

छनाेट भएका १४ खेलाडीहरुलाई आज सल्यान खलंगामा एक कार्यक्रमका वीच बिदाई गरिएको छ।

क्रीकेट संघ सल्यानका अध्यक्ष सबिन हमालको अध्यक्षतामा आयोजित कार्यक्रममा शारदा नगरपालिकाका  नगर प्रमुख प्रकाश भण्डारीकाे प्रमुख आतिथ्यतामा यू – १६ समूहको प्रादेशिक छनोट प्रतियोगिता–२०८२ का लागी छनोट भएका सल्यानका खेलाडीहरूलाई शनिबार  एक  कार्यक्रमका बीच खलंगाबाट बिदाइ गरिएको हाे।
 बिदाई कार्यक्रममा शारदा नगर प्रमख प्रकाश भण्डारीले  प्रतियोगितामा सल्यानको प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई शुभकामना दिंदै अनुशासित, जिम्मेवार र उत्कृष्ट प्रदर्शनमार्फत जिल्लाको गौरव बढाउन  उत्कृष्ट खेल प्रदर्शन गर्न उच्च मानाेवल बनाएर खेल खेल्न शुभकामना दिनुभयो ।क्रिकेट संघ सल्यान जिल्ला अध्यक्ष सविन हमालले सल्यान जिल्लाबाट प्रतिनिधित्व गर्न सफल खेलाडीहरूप्रति बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ मेहनत र लगनशीलता आवश्यक रहेको बताउनुभयो ।छनोट भएका १४ खेलाडीको सूची यस प्रकार छन्

मिशन बस्नेत
सुमित भण्डारी ९ विकेटकिपर
अनिश डाँगी
विष्णु वली
कुषल डाँगी
विमोचन थापा
जोखिराम के।सी।
सन्देश वली
देवराज वली
सुर्य सुनार
प्रिन्स सेजवाल
अमर बस्नेत
सागर बस्नेत
आर्यन सेजवाल

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता