सल्यानको गुराँसेमा नेपाली सेनाको मैत्रीपूर्ण सद्भाव कार्यक्रम सहित स्वास्थ्य सेवा सिविर सञ्चालन

सल्यानको गुराँसेमा नेपाली सेनाको मैत्रीपूर्ण सद्भाव कार्यक्रम सहित स्वास्थ्य सेवा सिविर सञ्चालन

चैत २० सल्यान

सल्यानको गुराँसेमा  नेपाली सेनाले समाजमा मैत्रीपूर्ण सम्बन्धको विकास गर्ने उदेश्यका साथ खेलकुद कार्यक्रम सहित स्वास्थ्य सेवा सिविर सञ्चालन गरेको छ।

विज्ञापन

छत्रेश्वरी गाउँपालिका-२, गराँसेमा समाजमा मैत्रीपूर्ण सम्बन्धको विकास गर्ने, स्वास्थ्य सेवा उपलब्ध गराउने तथा युवा सशक्तिकरण प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाको सिद्धिबक्स गण सिमखर्ख सल्यानको आयोजना र छत्रेश्वरी गाउँपालिकाको सह आयोजना एवम २ नम्बर वडा कार्यालय, जनता माबि गुराँसेको स्थानिय व्यवस्थापन, स्वास्थ्य सेवा कार्यालयको सहयोगमा निशुल्क स्वास्थ्य सेवा प्रदान संगै मैत्रीपुर्ण खेल लगायतका कार्यक्रम आयोजना गरिएको हो।

नेपाली सेनाको १९ नम्बर वाहिनी अड्डाका वाहिनिपती सहायक रथी श्री पदम बहादुर बुढाको नेतृत्वमा संचालन भएको प्राथमिक स्वास्थ्य परिक्षणमा नेपाली सेना, स्वास्थ्य कार्यालय सल्यानका डाक्टर सहितको टोली र छत्रेश्वरी गाउँपालिकाको स्वास्थ्यकर्मीको टोलीले १७१ महिला र ९७ जना पुरुष गरेर जम्मा २६८ जनालाई विभिन्न स्वास्थ्य सेवा प्रदान गर्नुभएको छ।

जनहित कार्य अन्तर्गत स्वास्थ्य सेवा, खेलकुदको माध्यमबाट युवाहरूसँगको सम्बन्ध सुदृढ बनाउदै उनीहरूलाई खेल क्षेत्रमा प्रोत्साहित गर्ने उदेश्यले मैत्रीपूर्ण भलिवल खेल प्रतियोगिता र खेल सामग्री वितरण गरिएको सिद्धिबक्स गण सिमखर्कका गणपति श्री कृष्णचन्द्र ठकुल्लाले जानकारी दिनुभयो ।

नेपाल आर्मीको टिमलाइ पराजित गर्दै स्थानिय युवाहरुको टिमले भलिवल खेल प्रतियोगितामा जीत हासिल गरेका छन् ।

साथै स्थानियहरुलाइ बिस्फोटक पदार्थ जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण पनि गरिएको छ ।

नेपाली सेनाका डाक्टर सगुन दवाडी सहित सात जनाको चिकित्सक टोली, जिल्ला स्वास्थ्य कार्यालय सल्यानका डाक्टर सागर धिताल, डाक्टर रवीन राई, छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशमान डांगी लगायतको चिकित्सक टोली चेकजाँच र उपचारमा खटिएको थियो । दुर्गमका स्थानियहरुको नाक, कान, घांटी, हाडजोर्नी, चर्म रोग, ल्याब परिक्षण, इसीजी, दन्त रोग सम्बन्धी निशुल्क सेवा र औषधि वितरण गरिएको मैत्रीपूर्ण सम्बन्ध विकास कार्यक्रममा  गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी वडा नं १ का वडा अध्यक्ष श्री प्रकाश हमाल, २ का वडा अध्यक्ष श्री प्रेम नेपाली माओवादी केन्द्र केन्दीय सदस्य चित्र बहादुर केसी प्रदेश सदस्य प्रेम बहादुर खडका नेपाली काँग्रेस पार्टी सभापति सिता केसीको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्तमा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष श्री ओज बहादुर बुढाथोकीलाई वाहिनिपतिले मायाको चिनो प्रदान गर्नुभएको थियो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता