जिल्ला अस्पताल सल्यानमा  सर्पदम्सको उपचार  हुने

जिल्ला अस्पताल सल्यानमा सर्पदम्सको उपचार हुने

असार २१ सल्यान

जिल्ला अस्पताल सल्यानमा सर्पदम्सको उपचार हुने भएको छ।

गर्मि एवम बर्षाको समयमा सर्पको टोकाईको जोखिमलाई मध्येनजर गर्दै सल्यान अस्पतालमा Anti-Snake Venom उपलब्ध गराई सगै जिल्ला अस्पताल सल्यानमा  विरामिहरुको उपचार सुरुवात गरिएको हो।

नियमित रुपमा प्रत्येक हप्ता अस्पतालमा हुदै आईरहेको CME कक्षा अन्तर्गत आज  असार २१ गते (Snake Bite Management)सर्पले टोकेको विरामि व्यवस्थापन सम्बन्धि कक्षा सम्पन्न भए सगै उपचारमा थप सहयोग हुने  भएको छ।

सर्पले टोकेको विरामी  व्यवस्थापन सम्बन्धि कक्षाको सहजिकरण मे.अ डा.आकास मण्डलले गर्नु भएको कक्षाको Mentorship स्वास्थ्य सेवा व्यवस्थापक तथा Consultant Physician डा.अर्जून कुमार बुढाले गर्नुभएको थियो ।

सर्पदम्सको उपचार सुरुवात गरे सगै विरामीहरु अव नेपालगंञ्ज तथा दाङ जाने बाद्यता टरेको स्वास्थ्य सेवा कार्यालय सल्यान प्रमुख अर्जुन कुमार बुढाले जानकारी दिनुभएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता