सल्यानको कुमाख गाउँपालिका असार २२ खुल्ला हुने

सल्यानको कुमाख गाउँपालिका असार २२ खुल्ला हुने

असार २०, सल्यान ।

सल्यानको कुमाख गाउँपालिका असार २२ गते शनिवारको दिने खुल्ला हुने भएको छ।

आर्थिक वर्ष ०८०।०८१ को अन्तिम भुक्तानी गर्ने  समय नजिकै भएकाले असार २२ गते शनिवारका दिन पालिकाका सेवाग्राही कार्यालय खुल्ला हुने गाउँपालिकाले जनाएको छ।

विहिबार एक सूचना निकालेर गाउँपालिकाले योजनाको भुक्तानी र अन्य कामलाई मध्येनजर गरेर असार २२ गते पर्ने शनिबारको दिन पनि सेवा दिने जनाएको हो ।

सम्झौता भई कार्यान्वयनमा रहेका योजना तथा कार्यक्रमको भुक्तानीका लागि खोलिने प्रमुख प्रशासकीय अधिकृत छविलाल खड्काले हस्ताक्षर गरेको सूचनामा जनाईएको छ ।
सूचना अनुसार पालिका जस्तै वडा कार्यालयले पनि अरू दिन जस्तै सुविधा दिनेछन ।

भुक्तानी दिनुपर्ने अन्य बजेट शीर्षक अन्तरगत पर्ने रकम आर्थिक बर्ष समाप्त हुनुभन्दा ७ दिन अघि भुक्तानी दिनुपर्ने कानुनी व्यवस्था भएकोले चापमा काम गर्नुपरेको गाउँपालिकाले जनाएको छ । उक्त रकम असार २४ गते भित्र भुक्तानी गरिसक्नुपर्ने हुन्छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता