कुमाख गाउँपालिका द्धारा एकीकृत सेवा सहितकाे  सिविर सञ्चालन हुने

कुमाख गाउँपालिका द्धारा एकीकृत सेवा सहितकाे सिविर सञ्चालन हुने

मंसिर २०, सल्यान
सल्यानको कुमाख गाउँपालिकाले मंसिर २६ गते देखि घुम्ती शिविर संचालन गर्ने भएको छ ।
गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै पालिकाले प्रदान गरिने ७ वटा सुविधाहरू वडाबाट दिने जनाएको हो ।
शिविरमा व्यवसाय दर्ता, व्यवसाय नविकरण, व्यवसाय इजाजतपत्र, कृषक फर्मरसमूह नवीकरण, योजना सम्झौता, अपाङ्ग परिचयपत्र र जेष्ठ नागरिक परिचयपत्र जस्ता सेवा प्रदान गरिनेछ ।
त्यस्तै विभिन्न सिफारिस तथा विषयगत शाखाबाट प्रदान गरिने सेवाका साथै सामान्य स्वास्थ्य परीक्षण, कृषि तथा पशु सेवा प्रदान गरिने सूचनामा जनाइएको छ । सूचना अनुसार वडाबाट हुने अन्य सेवाहरु नियमित भैरहने छन भने तोकिएका दिनमा थय सेवा प्रदान गरिनेछ ।
नागरिकलाइ घरदैलोमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ शिविर संचालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार चन्दले जानकारी दिएका छन । दशै तिहारको समयमा बर्षा त्यसपछि संघ र प्रदेशको चुनावका कारण शिविर संचालनमा ढिलाई भएको भन्दै उनले वडा कार्यालयबाट सेवा लिन सम्बन्धीत सबैलाइ अनुरोध गरेका छन ।
मंसिर २६ गते वडा नं. ७ को वडा कार्यालय जिमालीबाट शुरु भएको शिविर पौष ७ गते १ नं. वडा कार्यालय स्वीकोटमा पुगेर सकिनेछ ।
सूचना अनुसार मंसिर २७ गते ६ नं वडा कार्यालय बडागाउँ, पौष १ गते ५ नं. वडा कार्यालय झारकाँडा, पौष २ गते ४ नं. वडा कार्यालय थदरा, पौष ४ गते ३ नं. वडा कार्यालय मर्मपरिकाँडा र पौष ६ गते २ नं. वडा कार्यालय नेटामा शिविर हुनेछन ।
गाउँपालिकाद्वारा जारी सूचनामा सेवाको लाभ लिन सबैमा जानकारी गरिएको छ भने वडाध्यक्षलाइ सहजि करण गरिदिन अनुरोध गरिएको छ ।
असोज २७ गतेदेखि हुने भनिएको शिविर हप्ता दिनसम्मको अविरल बर्षाका कारण रोकिएको थियो ।

विज्ञापन

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता