महावीर विश्वकर्माको सम्झनामा जाजरकोटी साहित्यिक आवाजले गर्याे श्रद्धाञ्जली कार्यक्रम

महावीर विश्वकर्माको सम्झनामा जाजरकोटी साहित्यिक आवाजले गर्याे श्रद्धाञ्जली कार्यक्रम

मंसिर १८ जाजरकाेट

चर्चित सञ्चारकर्मी एवं साहित्यकार महावीर विश्वकर्माको सम्झनामा जाजरकोटी साहित्यिक आवाजले  श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेकाे छ।

विज्ञापन

जाजरकाेटी साहित्यिक आवाजकाे आयाेजनामा साहित्यकार विश्वकर्माकाे १३ दिनकाे पुन्यतिथीमा श्रदाद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएकाे हाे।

नेपाली साहित्यलाइ रेडियाे मार्फत फरक शैलीमा प्रस्तुत गर्ने असाधारण सहाित्यिक कला र क्षमता भएका विश्वकर्माकाे गत मंसिर ६ गते सवारी दुर्घटनामा मृत्यु भएकाे १३ दिनकाे सम्झनामा जाजरकाेटमा साहित्यिक श्रष्टाले साहित्यिक सृजना मार्फत श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेका हुन।

जाजरकाेटमा गरिएकाे साहित्यिक  श्रद्धाञ्जली कार्यक्रममा   साहित्यकार निरज खत्री भावुक बाबु रिदम काली बहादुर विश्वकर्मा दिपेन्द्र बिश्वकर्मा  पुप्ष वली र खम्ब जंङ्ग शाहले  बिश्वकर्माकाे सम्झनामा साहित्यिक श्रदाञ्जली अर्पण गरेका थिए।

नेपाली जात ब्यबस्था बिराेधी गतिविधी चलाउदै आएका विश्वकर्मा बैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टी नेपालकाे केन्द्रीय सदस्य समेत रहेका थिए।

राप्ती नगरपालिका वडा नं.४ सुन्दरबस्ती चितवन आफ्नो घर बाट काठमाडौं जाँदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा बिग्रेर रोकि राखेको ना २ ख ८५२२ नम्बरको ट्रकमा,बा ४ ख ४१२ नम्बरको माईक्रो बस ठोकिदा बिश्वकर्माको मृत्यु भएको  थियाे।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता