छत्रेश्वरीको गाउँपालिकाकाे निति,कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

छत्रेश्वरीको गाउँपालिकाकाे निति,कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

असार ०९, सल्यान

छत्रेश्वरी गाउँपालिकाकाे १२ औ गाउँसभाबाट आर्थिक बर्ष २०७९ / ०८० काे निती तथा कार्यक्रम सर्वसम्मत पारित भएकाे छ।

विज्ञापन

उँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीको अध्यक्ष्यतामा भोटेचौरमा गाउँसभा सम्पन्न भएको हो १२ औ गाउँसभामा उपाध्यक्ष बुद्धा कुमारी खत्री प्रमुख प्रशासकिय अधिकृत प्रदिप खनाल गाउँसभाका सदस्यहरुकाे उपस्थितीमा कार्यक्रम पारित गरिएकाे हाे।

अध्यक्ष बुढाथोकीले प्रस्तुत गरेको बार्षिक निति तथा कार्यक्रम र उपाध्यक्ष खत्रीले प्रस्तुत गरेको बजेट सर्वसम्मतिले पारित भएकाे छ।

गाउँसभामा आर्थिक बर्ष २०७९ / ०८० लागी कुल ४९ करोड, ५१ लाख, ६२ हजार, ४ सय ९४ रकमको बजेट पारित गरेको छ ।

गाउँसभाका सदस्यहरुबाट संकलन गरिएका सुझावहरु लाइ समेट्ने गरि सैद्धान्तिकरुपमा बार्षिक निति, कार्यक्रम र बजेट पारित भएको गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेतले बताए ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता