कपुरकोट गाउँपालिकाकाे आ.ब.०७९/०८० काे निती तथा कार्यक्रम सार्वजनिक

कपुरकोट गाउँपालिकाकाे आ.ब.०७९/०८० काे निती तथा कार्यक्रम सार्वजनिक

असार ९ सल्यान

कपुरकाेट गाउपालिकाकाे ११ औ गाउँ सभाबाट आर्थिक बर्ष ०७९/०८० काे निती तथा कार्यक्रम सार्वजनिक गरेकाे छ।

विज्ञापन

गाउँपालिका उपाध्यक्ष प्रकास भण्डारीकाे बिशिष्ट उपस्थिती रहेकाे कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भरत वली गाउँ सभाका सदस्यहरु बुद्धिजिवी हरुकाे उपस्थितीमा गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएकाे छ।

अध्यक्ष पुनले सार्वजनिक गरेकाे निती तथा कार्यक्रममा एकिकृत कृषि विकास कार्यक्रम लागू गरी तरकारी खेती, पशुपंक्षीपालन तथा बागबानीको समग्र विकासका लागि जोड दिएको छ ।

अर्गानीक तरकारी खेतीका लागि अनुदान दिने नीति ल्याएको छ भने व्यवसायीक कृषी विषयलाई समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरिने उल्लेख गरिएको छ ।

हरेक किसानलाई समूह तथा सहकारीमा आवद्ध गर्ने र कृषीक्षेत्रको उत्पादनको आधारमा अनुदान दिने नीति कपुरकोट गाउँपालिकाको रहेको छ ।

एघारौँ गाउँसभाको पहिलो बैठकमा अध्यक्ष पुनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पूर्वाधार विवकास संगै स्वास्थ्य, शिक्षा, उद्योग, सहकारी, पर्यटन, खानेपानी, सिंचाई, सरसफाई तथा बजार अनुगमनलाई प्राथमिकतामा राखिएको छ ।

युवा तथा खेलकुद,लैंगिक समानता तथा सामाजिक समावेशीकरण, वन तथा वातावरण व्यवस्थापन, उर्जा, संचार, सूचना प्रविधिको क्षेत्रमा विभिन्न योजना र कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

सार्वजनिक सेवालाई प्रभावकारी वनाउन, कला संस्कृती संरक्षण गर्न र न्याय, शान्ति सुरक्षा तथा सार्वजनिक सम्पत्ति संरक्षणका पनि जोड दिइएकोे छ ।

दक्ष तथा सक्षम जनशक्तिको विकास गरी आन्तरिक रोजगारी प्रवर्धन गर्न विभिन्न योजना सञ्चालन गर्न राय सुझाव संकलन कार्यक्रमबाट आएका सुझाव तथा बौद्धिक वर्ग, गाउँसभाका सदस्यहरु,विभिन्न राजनीतिक दल, संघ संस्था लगाएतबाट प्राप्त रचनात्मक राय सुझावलाई समेत ध्यानमा राखेर नीति कार्यक्रम तयार गरिएको अध्यक्ष पुनले बताएका छन।

गाउँसभाको दोश्रो बैठक शुुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता