दार्मा गाउँपालिकाकाे निती तथा कार्यक्रममा सार्वजनिक

दार्मा गाउँपालिकाकाे निती तथा कार्यक्रममा सार्वजनिक

असार ८, सल्यान ।

दार्मा गाउँपालिकाकाे आर्थिक वर्ष २०७९/०८० निति तथा कार्यक्रम सार्वजनिक भएकाे छ।
“उत्पादनमा वृद्धि, दार्माको समृद्धी”  भन्ने मुल नारा तय गर्दै पालिकाले आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा सार्वनजिक गरिएकाे हाे।

विज्ञापन

जिल्ला समन्वय समिति सल्यानका प्रमुख वेलाराम रावल को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उप प्रमुख असविर बुढाथोकी,  दार्मा गाउपालिका नि बर्तमान उपाध्यक्ष  टिकाशर्मा, उपाध्यक्ष  जुना मल्ल, प्रमुख प्रशासकिय अधिकृत रेशम बहादुर वली लगायत जनप्रतिनिधिको उपस्थिती मा अध्यक्ष निम बहादुर केसीले निती तथा कार्यक्रम सार्वजनिक गरेका हुन। 

हेर्नहाेस दार्मा गाउँपालिकाकाे निती तथा कार्यक्रमकाे पुर्ण पाठ सहित

१ बाँझो जमिनकाे अधिकतम सदुपयाेग गरी उत्पादनमा बर्द्धी गर्ने किसानलाई प्रोत्साहनका लागी प्रविधिको उपयोग गर्दै सिचाइका लागि कुलो र नहर निर्माण गर्ने। 

२ दुधमा आत्मनिर्भर बनाएर निर्यात बढाउने जनाउदै किसानलाइ प्रतिलिटर २ रुपैयाँ ५० पैसा अनुदान दिने ।
३ रोजगारका कार्यक्रमलाइ व्यवस्थीत बनाइ एक घर एक रोजगार कार्यक्रम अन्तरगत रोजगारी नभएका घरका परिवारका साथै शहिद परिवार, जनयुद्धका घाइते अपांग, आर्थिक रुपमा गरिव तथा विपन्नलाइ हरेक रोजगारका कार्यक्रममा पहिलाे नं मा प्राथमिकता दिने
४ रोजगारीका कार्यक्रमलाइ कृषि उत्पादनमा जोड्दै बैदेशिक रोजगारीबाट फर्केका लाइ सिपको प्रयोग गर्न सहयोग, तालिम प्रविधि तथा वित्तिय सहयोग दिने र प्लाष्टिक मुक्त बनाउन उद्यम विकास कार्यक्रम अन्तरगत फाइवर झोला प्रोत्साहन गर्दै उद्योग निर्माणमा बित्तिय सहयाेग गर्ने।

५ दलित समुदायका परम्परागत आरन व्यवसायलाइ बालिघरे प्रथा नभई नगद ज्यालादारीको रुपमा विकास गर्न आरन उद्योग सञचालन गर्न सहयाेग गर्ने ।

६ आयातित मसला रोकथाम गर्न स्थानीय रुपमा पाइने अदुवा, टिमुुर, दालचिनीबाट मसला उत्पादन गर्न पालिका स्तरिय उद्याेग बनाइने।
७ विद्यालयमा दरबन्दी मिलान, विद्यालय समायोजन, शिक्षक तथा कर्मचारीलाइ माग र आवश्यकताका आधारमा परिचालन गरिने जनाइएको छ ।

८ यो बर्ष कठिन परिस्थिीमा रहेका विद्यार्थीलाइ छात्रवृत्ती प्रदान गरिने

९ बालबालिका संग अध्यक्ष कार्यक्रम संचालन गरी नियमित अतिरिक्त क्रियाकलापको लागि प्रोत्साहन गरिने

१० नमुना विद्यालयको अनुगमन भ्रमण, शिक्षा सम्मेलन, शैक्षिक प्रदर्शनी जस्ता कार्यक्रम राखिने । 

११ विद्यालयमा बालबगैचा, शौचालय, प्राथमिक उपचार बाकस, स्वच्छ खानेपानी, खेलमैदान, सरसफाई छात्रालाइ निशुल्क सेनेटरी प्याडका साथै इन्टरनेटबाट शिक्षणको प्रयोग गराइने

१२ पढ्दै कमाउदै कार्यक्रम संचालन गरिने छ ।

१३ वडामा खेल सामाग्री प्रदान गर्दै खेलकुद प्रशिक्षण संचालन गरिने

१४ गर्भवति महिलालाई घुम्ति शिविर मार्फत नि:शुल्क भिडियो एक्सरे गरिने ।
१५ स्वास्थ्य संस्थामा गुणस्तरिय प्रयोगशालाको पबन्ध मिलाइने

१६ अति अशक्त अपांग, ८० बर्ष माथिका जेष्ठ नागरिक, नियमित गर्भजाँच गराउने महिला र सुुत्केरीहरु, कडा रोग लागेका तथा नियमित डाक्टरकहाँ जाने विरामीका लागि निशुल्क एम्बुलेन्स सुविधा प्रदान गरिने।  

१७ स्वास्थ्य सेवाको वृद्धीका साथै हप्तामा २ पटक स्वास्थ्यकर्मी गाउँमा जानुपर्ने गरी घुम्ती स्वास्थ्य सेवाका साथै आयुर्वेदिक औषधी निशुल्क योग ध्यान जस्ता कार्यक्रमलाई नीति कार्यक्रममा समेटिने ।

१८ पोषण स्थितीमा सुधार ल्याइनुका लागी सबै वडाहरुमा सचेतनामुलक कार्यक्रम संचालन गरिने ।

१९ महिलाहरुलाई सामुहिक व्यवसाय संचालनका लागि अनुदान दिइनेछ भने सबैलाइ स्वरोजगार बन्न प्रेरित गरिने । 

२० बालबालिका लागि शिक्षाको मुलधारमा ल्याइनुका साथै गरिव तथा विपन्न नागरिकको अभिलेखिकरण र जेष्ठ नागरिक सम्मान कार्यक्रम संचालन गरिनेछ ।

२१ सडक पुर्वाधार जिविकोपार्जनको आधार भन्दै नीति कार्यक्रममा नयाँ बनाउने भन्दा सडक स्तरोन्नतीलाई प्राथामिकतामा राखेको गाउँपालिकाले वडा कार्यालयमा बाह्रै महिना चल्ने सडक ग्रावेल तथा स्तरोन्नती गर्ने । 

२२ स्थानीय श्रम शक्तीको प्रयोग गर्दै गाउँपालिकाले एक घर एक धारा निर्माणलाई प्राथामिकता दिदै ठुला सिचाइ आयोजना, सोलार लिप्ट खानेपानीमा विद्युतको प्रयोग, विद्युत लिप्टबाट सिचाई व्यवस्था जस्ता कार्यक्रम ल्याएको छ ।

२३ उर्जाको क्षेत्रमा विदयुत विस्तारको काम तिव्रता दिदै लोडसेडिकको समस्या समाधानका साथै वडा कार्यालयमा यसै बर्ष विजुली विस्तार गरिने । 
२४ न्यूनतम २० युनिट भन्दा कम विद्युत खपत गर्ने विपन्न वर्गको विद्युत महसुल भुक्तानी गाउँपालिकाबाट गरिनेछ ।

२५ भवन बनाउदा अनिवार्य नक्सा पास गर्नुपर्ने व्यवस्थालाई कडाइ गरिने । 
२६ निर्माणधिन अस्पताल तथा प्रशासकिय भवन यसै बर्ष बनाइनुका साथै भवन नभएका वडा कार्यालय निर्माणमा पहल गरिने ।

२७ एम रेडियो संचालनका लागि सहयोगका साथै सामुदायिक रेडियो र अन्य संचार माध्यामसंग सहकार्य र पत्रकारिता तालिम जस्ता कार्यक्रम संचालन गरिनेछ ।

२८ दार्माको मुख्य बजार फारुलामा नि:शुुल्क वाइफाई, सेवा सुचारु गर्ने

२९ कार्यालयका उत्कृष्ट कर्मचारीहरुलाई सम्मान प्रत्येक वर्ष सम्मान गरिने।
३० कामलाई उत्पादन र उत्पादनलाइ रोजगारीसंग जोड्ने सहयाेग गरिने। 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता