रुकुम पश्चिममा पत्रकारहरु चार बुदे माग सहित आन्दाेलित

रुकुम पश्चिममा पत्रकारहरु चार बुदे माग सहित आन्दाेलित

हिरा परियार रुकुम पश्चिम असार ८

रुकुम पश्चिममा पत्रकारहरु चार बुदे माग सहित आन्दाेलित भएका छन।

विज्ञापन

वर्ष दिनसम्म रेडियोमा काम गरेकाे पारिश्रमिक नपाएपछि रुकुम पश्चिमका पत्रकारहरु चार बुदे माग सहित आन्दाेलित भएका हुन।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जनचेतनाका लागि ठूलीभेरी सञ्चार केन्द्रले सञ्चालन गरेको रेडियो नयाँ नेपाल ९८.२ मेगाहर्जले पारिश्रमिक नदिएको भन्दै पत्रकारहरू आन्दोलित भएका हुन् ।

वर्ष दिनदेखि रेडियोमा काम गर्दै आएका ६ जना कर्मचारी तथा पत्रकारहरूले पारिश्रमिक नपाएको बताइएकाे छ।

छ जना कर्मचारी तथा पत्रकारहरुले पारिश्रमिक बाफत दश लाख रुपैयाँ रकम पाउन बाँकी रहेको पत्रकार हिरा परियारले बताइन। 

पारिश्रमिक माग गर्दै आएका उनीहरूले आज मङ्गलवारदेखि पहिलो चरणको आन्दोलन सुरु गरेको बताएका छन् ।

पहिलो चरणको आन्दोलन अन्तर्गत आम विरोध र्‍याली निकालिएको श्रमजीवी पत्रकार सङ्घ नेपालका संयोजक सत्य बटालाले जानकारी दिए। उनका अनुसार श्रमजीवी पत्रकार सग र रेडियो नयाँ नेपाल सङ्घर्ष समितिको संयुक्त आयोजनामा र्‍याली निकालिएको हो ।

नगरपालिकाको राडी बजारबाट निकालिएकाे र्‍यालीमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष लक्ष्मण केसी, समाजवादी प्रेस सङ्गठनका केन्द्रीय सदस्य अमरराज पुन, प्रेस सेन्टरका कर्णाली प्रदेश कोषाध्यक्ष गोपाल रेग्मी, समाजवादी प्रेस सङ्गठनका जिल्ला अध्यक्ष भरत चन्द लगायतले सम्बोधन गर्दै तत्काल पारिश्रमिक उपलब्ध गराउन रेडियो सञ्चालक समितिलाई अनुरोध गरेका छन । 

पत्रकारहरुले चार बुदे माग राखेर आन्दाेलन गरेका छन।

१ अविलम्ब पारिश्रमिक दिनुपर्ने,

२श्रमजीवी पत्रकारिता ऐनअनुसार पारिश्रमिक व्यवस्था गरिनुपर्ने,

३ परीक्षणकाल पूरा गरेका कर्मचारीलाई स्थायी गरिनुपर्ने

४ हकअधिकारको विषयमा बोलेकै भरमा निष्कासन गर्ने, जगेडामा राख्ने, अनावश्यक तनाव दिने, राजीनामा दिन बाध्य पार्ने जस्ता काम बन्द गर्न माग गरिएको छ । माग सम्बोधन नगरिएमा असार ९ गते सामाजिक सञ्जालमार्फत रेडियो व्यवस्थापनको भण्डाफोर गर्ने, असार १२ गते रेडियोमा एक घण्टा धर्ना र नाराबाजीको कार्यक्रम गर्ने बताइएका छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता