रुकुम प्रशासनले सेवाग्राहीलाइ प्रशासनमै खोप दिन सुरु

रुकुम प्रशासनले सेवाग्राहीलाइ प्रशासनमै खोप दिन सुरु

माघ १० रुकुम पश्चिम ।

रुकुममा सेवाग्राहीलाइ सेवा लिदा खोप कार्ड अनिबार्य बनाए पछि जिल्ला प्रशासन कार्यलय रुकुमले खोप नलगाएका सेवा ग्राहीको पहिचान गरी प्रशासन बाटै कोभिड बिरुद्धको खोप दिन सुरु गरिएको छ।

विज्ञापन

सेवाग्राही खोपकार्ड बिनै सेवा लिन आउन थालेपछि ॐप नलगाएका नागरिकको पहिचान गरी जिल्ला प्रशासन कार्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यलय रुकुम पश्चिमले जनाएको छ।

कार्यलयले गत शुक्रबार देखि कार्यालयमा खोप लगाउन सुरु गरिएको बताएको ।

खोप कार्ड बिना नै प्रशासनमा सेवा लिन आउका सेवाग्राही मध्ये ४५ जनाले खोप लगाएका छन् ।

दुर्गम गाउमा खोपको सहजता नभएकाले सेवा लिन आउदा कोभिडको खोप लगाउन पाउदा सेवा प्रवाहमा केही ढिलाइ भए पनि खोपमा नागरिकको पहुँच पुगेको प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले सर्वसाधारणलाई जिल्ला अस्पताल, जिल्ला प्रशासन कार्यालयबाट पनि खोप दिन थालिएको बताए । ‘खोप कार्ड अनिवार्य गरिएपछि त्यसको फलो गरिरहेका छौं,’ उनले भने, ‘सर्वसाधारणको खोप पनि नछुटोस्, सेवा पनि पाउन भन्नेमा सबै सरकारी कार्यालय सतर्क छौं ।’ उनका अनुसार कोरोना रोकथामका लागि सरकारले तोकेका सबै मापदण्डको पूर्ण पालनामा कडाइ गरिएको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता