पत्रकार विश्वकर्माको मृत्युबारे छानबिन समिति गठन
माघ ९ काठमाडौं :
निजामती कर्मचारी (सिभिल) अस्पतालले पत्रकार लाल बहादुर विश्वकर्माको मृत्युबारे छानबिन गर्न समिति गठन गरेको छ ।
स्वासप्रश्वासमा समस्या भएपछि उपचारको क्रममा टिभी टुडेमा कार्यरत अछामका पत्रकार विश्वकर्माको ललितपुरको पाटन अस्पतालमा गत बिहीबार बिहान ज्यान गएको थियो ।
बुधबार सिभिल अस्पतालले इमर्जेन्सी विभागमा भर्ना भएका विश्वकर्मालाई पाटन अस्पताल रिफर गरेको थियो । सिभिलले आवश्यक उपचार नगरी अन्यत्र रिफर गरेर लापरवाही गरेको र समयमा उपचार नपाउँदा मृत्यु भएको भन्दै उजुरी परेपछि छानबिन समिति गठन गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालको इमरजेन्सी विभागका प्रमुख दिनेशकुमार लम्सालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको अस्पतालले जनाएको छ । सदस्यमा उपसचिव कृष्ण सापकोटा, शाखा अधिकृत भोषराज घिमिरे र क्यास काउन्टर इन्चार्ज भेषबहादुर बस्नेत छन् ।
यसअघि प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वको टोलीले सिभिल अस्पतालको व्यवस्थापनलाई भेटेर घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको थियो ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा