सहिद परिवार,अपाङ्गता र घाईते भएका ब्यक्तीलाइ  मासिक २ हजार भत्ता

सहिद परिवार,अपाङ्गता र घाईते भएका ब्यक्तीलाइ मासिक २ हजार भत्ता

माघ ८ सुर्खेत

कर्णाली प्रदेश सरकारले सशस्त्र द्वन्द्व, जन आन्दोलन र प्रदेश प्राप्तीको आन्दोलनमा मृत्यु भएका परिवार तथा बेपत्ता पारिएका परिवार र घाइते–अपाङ्गता भएका व्यक्तिहरूलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ ।

विज्ञापन

चालु आर्थिक वर्ष २०७८/०७९ मा ल्याएको नीति तथा कार्यक्रम अन्तरगत घोषणा गरिएको कार्यक्रम प्रदेश मन्त्रिपरिषद्बारा कार्यविधि स्वीकृत गरी कार्यान्वयन गर्न लागेको हो ।

प्रदेश सरकारले ‘सहिद स्मृति भत्ता वितरण कार्यविधि–२०७८’ र ‘घाइते अपाङ्गता भएका व्यक्तिलाई जीवन निर्वाह भत्ता वितरण कार्यविधि–२०७८’ स्वीकृत गरिसकेकाले कार्यविधिमा तोकिएको मापदण्ड अनुसार मासिक दुई हजार जीवन निर्वाह भत्ता दिइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

२०५२ फागुन १ देखि २०६३ मङ्सिर ५ गतेसम्म भएको तत्कालिन विद्रोही माओवादी र राज्यपक्षबीच भएको सशस्त्र द्वन्द्व, २०६२/०६३ को जनआन्दोलन र २०७२ सालमा भएको प्रदेश प्राप्तिको आन्दोलनका क्रममा मृत्यु हुनेका परिवार र घाइते तथा अपाङ्गता भएका नागरिकलाई स्थानीयतहमार्फत मासिक भत्ता उपलब्ध गराइने मन्त्रालयका उपसचिव निधिराज न्यौपानेले जानकारी दिए।

‘स्थानीय तहबाट लक्षित वर्गको तथ्याङ्क सङ्कलनको कामभ इरहेको छ’उनले भने ‘तथ्याङ्क सङ्कलनको काम सकेलगत्तै तथ्याङ्कको आधारमा स्थानीय तहमा बजेट पठाउने काम हुन्छ ।’

सोही प्रयोजनका लागि प्रदेश सरकाले चालुआर्थिक वर्षमा ६ करोड रूपियाँ विनियोजन गरेको मन्त्रालयले जनाएको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता