देश भरी दलित समुदायकाे बिराेध शिक्षामन्त्री बिरुद्ध रुपा सुनारले दिइन सर्वाेच्चमा मुद्धा
नेपालकाे संबिधान र कानुनलाइ आफ्नाे काबुमा राखेर जातिय बिभेद गर्ने शिक्षा मन्त्री कृष्ण गाेपाल श्रेष्ठ बिरुद्ध देश भरी बिराेध तथा पुत्ला दहन जस्ता बिराेध भइरहेकाे छ। देशकाे बहालवाला शिक्षा मन्त्रीले पत्रकार रुपा सुनारलाई जातकै आधारमा काेठाभाडा नदिने घरबेटी सरस्वती प्रधानलाइ रिहा गरेकाे भन्दै देश भरी बिराेध भएकाे हाे। गत असार ९ गते सरस्वती प्रधानलाई मन्त्री श्रेष्ठललाइ अनुसन्धानकै क्रममा हिरासतबाट जवरजस्त रिहा गरेकाे निज श्रेष्ठले जातिय बिभेद गरेकाे भन्दै पत्रकार रुपा सुनारले आईतबार सर्वाेच्चमा रिट दर्ता गराएकी हुन।
रूपाले शिक्षा मन्त्री श्रेष्ठ, सरकारी वकिल कार्यालय काठमाडौं, महानगरीय प्रहरी वृत्त सिंहदरबार र सरस्वती प्रधानलाई विपक्षी बनाएर रिट दिएकी हुन।
उनको रिटमा जातीय भेदभाव तथा छुवाछुत कसुरको कसुरदारलाई कानुनअनुसार कारबाहीको माग गर्दै संविधान र कानुनले बर्जित जातीय भेदभाव तथा छुवाछूतजस्तो मुद्दाको अपराध अनुसन्धानलाई मन्त्री श्रेष्ठले नै प्रभावित पारेको दाबी गरेकी छिन।
अदालतबाट म्याद थप भई अनुसन्धानमा रहेका विपक्षीलाई पदीय ओहदा र सरकारी पद तथा स्रोत समेतको दुरूपयोग गरी प्रहरी कार्यालयमै पुगेर अनुसन्धान प्रभावित पारेको भन्दै मन्त्री श्रेष्ठलाई पदबाट तत्काल हटाउन रूपाले माग गरेकी छन।
मन्त्री श्रेष्ठविरूद्ध उजुरी दिँदा प्रहरीले लिन नमानेको भन्दै रूपाले उनीविरूद्धको उजुरी लिएर अनुसन्धान अघि बढाउने आदेश पनि माग गरेकी छन्।
रूपालाई जातका आधारमा कोठा नदिएको आरोपमा बबरमहलकी सरस्वती प्रधानलाई प्रहरीले तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो। अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय बुझाएको थियो। तर कार्यालयले थप अनुसन्धान गर्नू भन्दै प्रहरीलाई निर्देशन दिएको थियो।
घरबेटी प्रधान भने श्रीमान मुकुन्दको रोहबरमा जमानतमा छुटेकी थिइन्। त्यहीबेला शिक्षा मन्त्री श्रेष्ठ उनलाई लिन महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए।
मन्त्रीले नै पीडकको पक्ष लिएर प्रहरी कार्यालय पुगेको र झण्डावाला गाडीमा हालेर घरसम्म पुर्याएको भन्दै तीव्र आलाेचना भइरहेकाे छ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा