कुमाख गाउपालिकाकाे निती तथा कार्यक्रम सार्वजनिक शनिवार बजेट ल्याउदै

कुमाख गाउपालिकाकाे निती तथा कार्यक्रम सार्वजनिक शनिवार बजेट ल्याउदै

सल्यानको कुमाख गाउँपालिकाले आर्थिक बर्ष ०७८/०७९काे लागी निती तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रवार गाउँपालिकाको दशौ गाउँसभामा गाउँपालिका अध्यक्ष दिलमाया बुढामगरले नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन। गाउपािलकाकाे निती तथा कार्यक्रममा कृषीलाई आर्थिक विकासको मुख्य रुप भन्दै रैथाने बालीको सरक्षण, आधुनिक कृषि प्रविधीकाे विकास तथा उत्पादनमा जाेड दिइ ब्यबसायसायिक कृषिमा जाेड दिने लक्ष्य राखेको छ ।

पर्यटन पुर्वाधारकाे विकास तथा लगानीमा जाेड दिइ विकासका लागि उद्योग पर्यटन र सहकारीलाई पनि संगसंगै जोड्ने गाउँपालिकाको निती तथा कार्यक्रममा उल्लेख गरेकाे छ।

विज्ञापन

एक विद्यालय एक बाल विकास केन्द्र, शैक्षिक गुणस्तरका लागि नियमित अनुगमन, प्रोत्साहन, तालिम भ्रमण तथा गाउँपालिकामा क्याम्पस निर्माणका लागि पनि पहल गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै कोरोना महामारीलाई ध्यानमा राखेर स्वास्थ्यको क्षेत्रमा पनि नागरिकको सुरक्षाकाे लागी गाउँपालिकाको सम्पुर्ण शक्ती परिचालन गर्नुका साथै शान्ति र समृद्धि कुमाखबासीको आवश्यकता, पूर्ण सरसफाइयुक्त गाउँपालिका हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ सन् २०२१ सम्म पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा गर्न सरसफाइसम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको हो ।

गर्भवती महिलाकाे स्वास्थ्यमा विशेष ख्याल गर्ने जनाइएको नीति तथा कार्यक्रममा गाउँपालिकाको १५ शैयाको अस्पतालबाट दिइने सेवालाई पनि नयाँ भवनबाट व्यवस्थित गर्ने उल्लेख छ ।

खानेपानी, संस्कृती, लैगिक समानता तथा सामाजिक समावेशीकरण र रोजगार तथा सामाजिक न्याय सम्बन्धमा निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता