ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
कपुरकोट गाउँपालिकाद्वारा उत्कृष्ट कर्मचारीलाई स्थानीय सेवा पुरस्कार द्वारा सम्मानित

कपुरकोट गाउँपालिकाद्वारा उत्कृष्ट कर्मचारीलाई स्थानीय सेवा पुरस्कार द्वारा सम्मानित

सल्यान, असार १० ।

कपुरकोट गाउँपालिकाको गाउँसभाको १९औँ अधिवेशनमा पालिकाका उत्कृष्ट कर्मचारीलाई स्थानीय सेवा पुरस्कार द्वारा सम्मानित गरिएको छ।

विज्ञापन

गाउँपालिकाले विभिन्न क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्दै आएका राष्ट्रसेवक कर्मचारी, स्वास्थ्यकर्मी तथा शिक्षक–शिक्षिकाहरूलाई स्थानीय सेवा पुरस्कार द्वारा सम्मान गरेको हाे।

गाउँपालिकाले सार्वजनिक सेवा, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका कर्मचारी र शिक्षक–शिक्षिकाहरूलाई सम्मान गर्दै उनीहरूको कार्यप्रति उच्च कदर गरेकाे छ।

स्थानीय सेवा पुरस्कारबाट सम्मानित हुनेहरूमा

स्वास्थ्य शाखा प्रमुख श्री सुबाश हमाल,

रिम स्वास्थ्य केन्द्रका इन्चार्ज श्री लोकबहादुर बस्नेत,
महिला, ज्येष्ठ नागरिक तथा बालबालिका शाखा प्रमुख श्रीमती हिराकुमारी ओली,
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरका गणित विषय विज्ञ शिक्षक श्री प्रेमबहादुर भण्डारी,
जीवन ज्योति माध्यमिक विद्यालय रिमका नेपाली विषय विज्ञ शिक्षक श्री मदन खड्का,

कालिका माध्यमिक विद्यालयमा विगत ३० वर्षदेखि शिक्षण पेशामा आबद्ध आधारभूत तह स्थायी शिक्षिका श्रीमती सत्यता हमाल,

आधारभूत विद्यालय गोठीवनका बाल विकास सहजकर्ता तथा प्रधानाध्यापक श्री टिका बुढा

गर्पा स्वास्थ्य केन्द्रमा कार्यरत सि एनएमी तथा वडा नं. २ की बालमैत्री सहजकर्ता श्रीमती संगीता बुढाथोकी

कपुरकोट गाउँपालिकाका कार्यालय सहयोगी श्री आकाश बुढा स्थानीय सेवा पुरस्कारबाट सम्मानित हुनुभएको छ।

सम्मान कार्यक्रममा गाउँपालिकाले राष्ट्रसेवक कर्मचारी, स्वास्थ्यकर्मी तथा शैक्षिक सेवामा समर्पित शिक्षक–शिक्षिकाहरूको योगदान स्थानीय विकास र सेवा प्रवाहका लागि महत्वपूर्ण रहेको उल्लेख गरेको छ।

गाउँपालिकाका अनुसार स्थानीय सेवा पुरस्कार तथा सम्मानले कर्मचारी तथा शिक्षक–शिक्षिकाहरूमा थप उत्साह, हौसला र ऊर्जा प्रदान गर्ने र कार्यक्षेत्रमा थप प्रगति हुने विश्वास गरिएको छ ।

साथै उत्कृष्ट कार्यसम्पादनलाई प्रोत्साहन गर्दै सेवामुखी संस्कृतिको विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएकाे गाउँपालिकाले जनाएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता