ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
शारदा नगरपालिका सल्यानद्वारा २० कृषक सम्मानित

शारदा नगरपालिका सल्यानद्वारा २० कृषक सम्मानित

सल्यान ०८३ असार २ ।

उत्पादनमा आधारित कृषक प्राेत्साहन कार्यक्रम अन्तर्गत शारदा नगरपालिका सल्यानद्वारा नगरका २० जना कृषक सम्मानित भएका छन
शारदा नगरपालिका सल्यानकाे आ ब ०८२/०८३ काे स्वीकृत बार्षिक बजेट तथा कृषि विकास शाखाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उत्पादनमा आधारित कृषक प्रोत्साहन कार्यक्रममार्फत नगरका २० जना कृषकलाई प्रमाणपत्र, नगद रकम सहित सम्मानित भएका हुन।
नगर कृषि शाखा द्वारा तरकारी, फलफूल तथा मौरीपालन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याई कृषि उत्पादन वृद्धि तथा आत्मनिर्भर कृषि अभियानलाई सशक्त बनाउन भूमिका निर्वाह गरेका कृषकहरूलाई प्रस्तावना संकलन तथा मूल्याङ्कनका आधारमा छनोट गरी प्रत्येक कृषकलाई रु. ९ हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको हो।
सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुखले कृषकहरू नै देशको अर्थतन्त्र र समृद्धिको मुख्य आधार भएको उल्लेख गर्दै कृषि उत्पादन, व्यवसायीकरण तथा आयआर्जन अभिवृद्धिका लागि नगरपालिका निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो।
सम्मान कार्यक्रममा नगर उपप्रमुख सुस्मिता सापकोटा, नगर प्रवक्ता राजेश कुमार शर्मा, कृषि विकास शाखा प्रमुख कबिराज ज्ञवाली तथा नगरका कृषक दाजुभाइ एवं दिदीबहिनीहरूको सहभागिता रहेको थियो

विज्ञापन

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता