सल्यान महोत्सवकाे आर्थिक प्रतिवदेन सार्वजनिक गर्न अखिल क्रान्तिकारीको माग

सल्यान महोत्सवकाे आर्थिक प्रतिवदेन सार्वजनिक गर्न अखिल क्रान्तिकारीको माग

महोत्वसकै बिचमा गत माघ २६ गते राति भएको भीषण आगलागी हुँदा विभिन्न जिल्लाबाट आएका व्यापारीका ७३ वटा व्यापारिक स्टल जलेर पूर्णरूपमा नष्ट भएको थियो । महोत्सव सम्पन्न भएको पाँच महिना भन्दा बढी भईसक्दा समेत अग्नी पिडितले क्षतिपूर्ति पाउन नसकेको र आर्थिक प्रतिवेदन समेत सार्वजनिक नगरेको भन्दै अखिल क्रान्तिकारी सल्यानले एक प्रेस विज्ञप्ती जारी गरी आपत्ती जनाएको छ । अखिल क्रान्तिकारी सल्यानका अध्यक्ष गणेश वली र जिल्ला इन्चार्ज मनोज बुढा क्षेत्रीद्धारा जारी विज्ञप्तीमा अग्नि पिडितका लागि बनेर महोत्सव थप गर्नुका साथै राहत रकम समेत संकलन गरेको भएता पनि हालसम्म पनि अग्नि पिडितले राहत नपाउनु र आर्थिक प्रतिवदेन पनि सार्वजनिक नहुनु आपत्तीजनक भएको जनाएको छ ।

“पिडित व्यापारीहरू अझै राहत नपाएर पीडामा छन् तर आयोजक समितिले हालसम्म स्पष्ट विवरण सार्वजनिक गरेको छैन, जुन गम्भीर सामाजिक चासोको विषय हो,” अखिल (क्रान्तिकारी) को विज्ञप्तिमा भनिएको छ ।

विज्ञापन

आयोजक संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति सल्यानले माघ २९ गते प्रेस विज्ञप्ति जारी गर्दै पीडित व्यापारीहरूको राहतका लागि सरकार, संघ(संस्था, निकायहरू तथा सर्वसाधारणसँग सहयोगको आह्वान गरेको थियो ।
विज्ञप्तिमा राहतको शीघ्र व्यवस्थापन र प्राप्त सहयोगको पारदर्शी विवरण सार्वजनिक गर्न आयोजक समितिसँग माग गरिएको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता