ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
छत्रेश्वरी २ मा जेष्ठ नागरिकलाई रेडियो, बालबालिकालाई स्टेसनरी र स्वयंसेवीकाहरुलाई झाेला ड्रेस सहयोग

छत्रेश्वरी २ मा जेष्ठ नागरिकलाई रेडियो, बालबालिकालाई स्टेसनरी र स्वयंसेवीकाहरुलाई झाेला ड्रेस सहयोग

असार २२ सल्यान

सल्यानकाे छत्रेश्वरी गाउँपालिका वडा नं २ ले वडाका जेष्ठ नागरिकलाई रेडियो मायाकाे चिनाे फाेटा,असहाय तथा टुहुरा बालबालिकाहरुलाई स्टेसनरी कापी कलम झाेला,र स्वयंसेवीलाई ड्रेस झाेला सहयोग गरिएको छ।

विज्ञापन

छत्रेश्वरी गाउँपालिका २ नं वडाकाे आयोजनामा आर्थिक बर्ष २०८१/०८२ काे बार्षिक बजेटबाट वडाका ७५ बर्ष माथिका ४८ जना जेष्ठ नागरिकलाई रेडियो, मायाकाे चिनाे फाेटा, ४६ जना असहाय तथा टुहुरा बालबालिकालाई स्टेसनरी कापीकलम,झाेला, र ५ जना स्वयंसेवीकालाई ड्रेस र झाेला सहयोग गरिएको हाे।

सहयोग कार्यक्रममा वडाका ४८ जना ७५ बर्ष माथिका जेष्ठ नागरिकलाई स्वास्थ्य चेकजाँच सहित ओैषधी वितरण गरिएको छ।

जेष्ठ नागरिकलाई रेडियो,फाेटा,असहाय तथा बालबालिकालाई स्टेसनरी तथा कापीकलम, स्वयंसेविकालाई ड्रेस झाेला हस्तान्तरण गर्द‌ेे वडा अध्यक्ष प्रेम बहादुर नेपालीले २ नं वडाले जेष्ठ नागरिकहरु सुचना र प्रविधिकाे पहुँचबाट टाढा भएको र उहाँहरुलाई सहयोगी साथीकाे रुपमा रेडियो र जेष्ठ नागरिककाे पुस्तालाई सम्मान गर्न र पारिवारिक दस्तावेजकाे रुपमा फाेटा हस्तान्तरण गरेकाे बताउनुभयो ।

२ नं वडामा असहाय तथा टुहुरा बालबालिकालाई शिक्षाकाे पहुँचमा र उनीहरूलाई अभिभाकत्व दिन वडाले स्टेसनरी र झाेला सहयोग कार्यक्रमले अरु बालबालिकालाई हर्ने दृष्टिकोण र असहाय बालबालिकालाई हेर्ने दृष्टिकोण समान कायम गर्न वडा सरकारले पहल थालेको जिकिर गर्नुभयो ।

कार्यक्रममा स्वयंसेविकाकाे सहयोग चर्चा गर्दै
नागरिककाे स्वास्थ्य सुरक्षा र जीवन रक्षाकाकाे निशुल्क सहयोग गर्ने स्वास्थ्य स्वयंसेविकाहरुलाई वडाबाट झाेला र ड्रेस सहयोग गर्नुले सरकार र स्वयंसेविकाकाे नागरिककाे स्वास्थ्य र सुरक्षामा सहयोग गर्न सकारात्मक भावनाकाे विकास भएको विस्वास व्यक्त गर्नुभयो ।

वडा सदस्यहरुकाे लालबहादुर वली,दाेलकी बिक आधारभूत स्वास्थ्य सेवा केन्द्र प्रमुख चुडामणि बस्नेतकाे बिशेष उपस्थिति रहेको कार्यक्रमकाे सञ्चालन वडा सचिव भूगोल डिसीले गर्नुभएको थियोे ।