ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
कृष्ण सेन इच्छुकको २३ ओै स्मृतिमा प्रेस सेन्टर सुर्खेतद्वारा  रक्तदान कार्यक्रम

कृष्ण सेन इच्छुकको २३ ओै स्मृतिमा प्रेस सेन्टर सुर्खेतद्वारा रक्तदान कार्यक्रम

मालती बि क जेठ १३ सुर्खेत

जनपक्षीय पत्रकारिता र साहित्यका आदर्श नायक कृष्ण सेन इच्छुकको २३ औं स्मृति दिवसको अवसरमा सुर्खेतमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

विज्ञापन

प्रेस सेन्टर नेपाल जिल्ला कार्य समिति सुर्खेतको आयोजनामा जनपक्षीय पत्रकारका नायक सहित्यकार कृष्ण सेन इच्छुककाे २३ ओै स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हाे।

स्वतन्त्र प्रेस, जनताको पक्षमा कलम चलाउने साहसी पत्रकारका रूपमा चिनिने कृष्ण सेन ‘इच्छुक’ नेकपा माओवादी निकट जनमुखी पत्रकारिता र साहित्यमा क्रियाशील थिए।

कवि, लेखक र सम्पादकका रूपमा चर्चित सेनले तत्कालीन शासकीय दमनको विरोधमा कलम चलाएका थिए।

२०५९ साल जेठ १३ गते राज्यको नियन्त्रणमा रहेका बेला उनको हत्या गरिएको थियो। उनले सम्पादन गर्दै आएको ‘जनादेश’ साप्ताहिकले तत्कालीन सत्ताविरुद्ध जनताको आवाज बुलन्द गर्ने सामग्री प्रकाशन गर्दै आएको थियो।

रक्तदान कार्यक्रममा सहभागीहरु मध्येबाट १० पिन्ट रगत संकलन गरिएको प्राविधिक देपेन्द्र केसीले जानकारी दिनुभयो।

इच्छुकको योगदान स्मरण गर्दै देश परिवर्तनमा पक्षमा कलम चलाउने जनपक्षीय पत्रकार इच्छुककाे याेगदानकाे चर्चा गर्दै उहाँ प्रति श्रद्धाञ्जली अर्पण गरेका थियाे ।

रक्तदान कार्यक्रममा प्रेस सेन्टर सुर्खेतका अध्यक्ष टेकेन्द्र विश्वकर्माले इच्छुकले देखाएको  बाटोमा लाग्न सधै कटिबद्द रहन जनपक्षीय पत्रकारहरुलाइ आग्रह गर्नुभयो ।

कार्यक्रममा ईच्छुककाे योगदान बारे स्मरण गर्दै देश परिवर्तनमा कलमको शक्ति कति प्रभावकारी हुन्छ भन्ने प्रेरणा इच्छुकबाट सिक्ने  सकिने बताउदै सहभागीहरुले उहाँ प्रति  श्रद्धाञ्जली अर्पण गरेका थिए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता