बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा, १६ दिनमा १५ करोड बढीको कारोवार हुने अनुमान
बुटवल – ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित बुटवलमा बुधबारदेखि औद्योगिक व्यापार मेला सुरु हुँदैछ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवल मण्डपमा औद्योगिक व्यापार मेला बुटवल–२०८१ गर्न लागिएको मेलाको तयारी पूरा भएको आयोजक बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले सोमबार मेला सचिवालयमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
बुटवलमा आयोजना हुने मेला तथा महोत्सवको विशिष्ट पहिचानलाई व्यापकता दिन र यस क्षेत्रमा उद्यमशीलता विकासको माध्यमबाट नयाँ औद्योगिक लगानी र व्यावसायिक क्षेत्रहरुको खोजी गरी रोजगारीका अवसरहरु सिर्जना गर्न अझ परिस्कृत रुपमा यो मेलाको आयोजना गरिएको संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार १६ दिनसम्म सञ्चालन हुने मेलामा ५ सय स्टल सहभागी हुने छन् भने ५ लाख बढी दर्शकले अवलोकन गर्ने र मेला भित्र १५ करोड बढीको कारोवार हुने अनुमान गरिएको छ । मेलालाई अहिलेसम्म भएका मेला भन्दा धेरै फरक बनाउने गरी तयारी गरिएको र त्यसको लागि कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा विषयगत समितिका संयोजक तथा समितीहरुले कामलाई तिव्रता दिएको बताए ।
औद्योगिक उत्पादनको प्रवद्र्धन, कृषि, पर्यटनको प्रवद्र्धन तथा व्यवसायिकरणका लागि बिशषे महत्वका साथ आयोजना गरिएको औद्योगिक व्यापार मेलामा कृषि, सेवा, हस्तकला, ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स, व्यूटी, गार्मेन्ट, जुत्ता, एफएमसिजी (फूड एण्ड वेभरेज), अटोमोवाईल्स र होटलको छुट्टाछुट्टै १० वटा पेभिलियन रहनेछन् । मेलामा औद्योगिक , हस्तकला , कृषि र प्रविधिको प्रदर्शनी तथा बिक्री वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रम सहित सांस्कृतिक सांगितिक कार्यक्रम हुने कार्यसम्पादन समितिका सदस्य सचिव तथा प्रवक्ता मुक्तिप्रसाद अधिकारीले बताए ।
मेला अवधिभर लोक दोहोरी प्रतियोगिता, भ्वाईस अफ बुटवल, विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता, माध्यमिक विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, भजन चुट्का प्रतियोगिता, हाँस्यव्यङ्ग्य प्रतियोगिता, हास्यव्यंग्य, व्यूटि शो र टिकटक प्रतियोगिता लगायतका प्रतियोगिता गरिने छ । त्यसैगरी दिनहु कलाकारहरुको प्रस्तुती समेत ुरहनेछ ।
मेला अवलोकन गर्न आउने सर्वसाधारणका लागि ७० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ । त्यस्तै जेष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क टिकटको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
प्रतिकृया दिनुहोस्