लुम्बिनी निर्माण व्यवसायी संघद्धारा व्यवासयीलाई २ दिने तालिम सगैँ शुभकामना आदान प्रदान

लुम्बिनी निर्माण व्यवसायी संघद्धारा व्यवासयीलाई २ दिने तालिम सगैँ शुभकामना आदान प्रदान

 

बुटवल – लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले निर्माण व्यवसायीहरुलाई सक्षम र सवल बनाउने उद्धश्येले निर्माण व्यवासयीहरुलाई दुईदिने व्यवस्थपकिय तालिम दिएको छ ।आईतबार र सोमबार गरी दुईदिन रुपन्देहीको भैरहवामा नेपाल ठेकदार महासंघको आयोजनामा निर्माण व्यवसाय विकास कार्यन्वयन समितीको सहयोग र लुम्बिनी
निर्माण व्यवसायी संघको व्यवस्थापनमा तालिम संचालन भएको थियो । तालिम समापन सगैँ व्यवसायीहरुले बिभिन्न पर्वहरुको अबसरमा शुभकामना आदानप्रदान पनि गरेका थिए ।

केन्द्रिय महासंघका बरिष्ठ उपाध्यक्ष कार्यक्रमका प्रमुख अतिथि तथा तालिम संयोजक ईन्जिनियर एडि लामाले निर्माण व्यबसायीलाई दक्ष जनशक्ति र प्रभावकारी व्यवस्थापन प्रणालीले मात्रै दीर्घकालीन विकासमा अघि बढाउन सकने बताए । लामाले भने तालिमले सहभागीहरूलाई व्यावहारिक ज्ञान, आधुनिक प्रविधिको उपयोग, र जोखिम व्यवस्थापनजस्ता महत्वपूर्ण पक्षमा सशक्त बनाउने उद्देश्य राखेको छ। हामीले सही योजना, गुणस्तर नियन्त्रण, र समय व्यवस्थापनलाई प्राथमिकता दिनुपर्छ, जसले निर्माण कार्यलाई कुशल र सुरक्षित बनाउँने बताए ।

त्यस्तै सोहि तालिमका अध्यक्ष तथा लुम्बिनी निर्माण व्यवसायी रुपन्देहीका अध्यक्ष मन्जु भुसालले निर्माण क्षेत्रको दिगो विकासका लागि निर्माण व्यवस्थापनमा ज्ञान र सीप अभिवृद्धि अत्यन्तै महत्वपूर्ण रहेको बताईन। निर्माण व्यबसायीमा नवीनतम प्रविधि र अन्तर्राष्ट्रिय मान्यतालाई आत्मसात् गरेर अगाडि बढ्न आवश्यक रहेको उनले बताईन।


तालिममा ६० जनाबढि व्यबसायीहरुको उपस्थित रहेको थियो । तालिमका प्रमुख प्रशिक्षक ईन्जिनियर केशवराज आचार्य, नेपाल निर्माण व्यवसायी महासंघका निर्देशक निर्मल अर्यालले सार्वजनिक निर्माण खरिदमा कानुनी व्यबस्था , करारका अबधारण तथा बिमा मूल्य संयोजन ,बैंक जमानत, बिमा लगायत व्यवसायीलाई अन्य धेरै बिषयमा प्रशिक्षण दिएका थिए ।

व्यवसायीहरुले समापन तालिम तथा तिहार छठ नेपाल संवतको अबसरमा शुभकामना आदान प्रदान समेत गरेका थिए । तालिममा लुम्बिनी प्रदेशका सल्लाहकार भिम बहादुर श्रेष्ठ कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मन्जु कुमार जैसी ढकाल लगायत पूर्वधार बिकासका प्रमुख लालु गरी,बिभिन्न कार्यालयका प्रमुखहरु र महासंघका पदाधिकारीहरु लगायतका स्थानिय जनप्रतिनिधिहरेको उपस्थित रहेको थियो ।