दलित सेवा संघ द्वारा सञ्चालित परियाेजनाकाे समाज कल्याण परिषदबाट दाङ सल्यानमा अनुगमन

दलित सेवा संघ द्वारा सञ्चालित परियाेजनाकाे समाज कल्याण परिषदबाट दाङ सल्यानमा अनुगमन

माघ ७ सल्यान

दलित सेवा संघ द्धारा सञ्चालित  बिभेदमा पारिएका समुदायकाे जीवीकाे पार्जन सुधार परियाेजना चरण दुइकाे अनुगमन सम्पन्न भएकाे छ।

दाङ सल्यानमा सञ्चालित बिभेदमा पारिएकाे समुदायकाे जीवीकाे पार्जन सुधार परियाेजना चरण दुइकाे कार्य प्रगति तथा समुदायमा परेकाे प्रभाव तथा उपलब्धीकाे  समुदायमा पुगेर  समाज कल्याण परिषदबाट  अनुगमन गरिएकाे हाे।

सन २०२५ सम्म  दाङ र सल्यान जिल्लाका बनगाड कुपिन्डे नगरपािलका शारदा नगरपालिका र कालिमाटी गाउँपालिका  सल्यान र तुलसीपुर उमपमहानगरपालिका र बबइ गाउँपालिका सञ्चालित परियाेजना दाेस्राे बर्षमा परिषदकाे अनुगमन भएकाे हाे।

परिषदकाे टाेलीले  संस्थागत  रुपमा पनि अनुगमन गरेकाे छ। दाङ र सल्यानकाे जिल्ला शाखामा अनुगमन गरेकाे हाे।अतिथीहरुलाइ जिल्ला शाखा दाङ र सल्यानले स्वागत तथा सम्मान गरेकाे अनुगमन कार्यक्रममा  समाज कल्याण परिषदका कार्यक्रम विज्ञ बसन्तराज अधिकारी र परिषदका प्रतिनिधी राम प्रसाद ढकाल दलित सेवा संघका कार्यकारी निर्देशक टंक बहादुर बिश्वकर्माकाे बिशेष उपस्थिती रहकाे थियाे।

 

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता