जन्मदिनकाे अवसरमा  गरिब तथा जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

जन्मदिनकाे अवसरमा गरिब तथा जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

३ माघ २०७९

दिनको अवसरमा ज्ञानेन्द्र पुन मगरले गरिव तथा जेहनदार  विद्यार्थी लाई शैक्षिक सामाग्री वितरण गरेका छन।

विज्ञापन

सामाजिक अभियन्ता ज्ञानेन्द्र पुन मगरले आफ्नो २२ औ जन्म दिनको अवसरमा बाल कल्याण प्राथमिक बिधालय शारदा नगरपालिका वडा नं.१३ चलाउनेपानीका बिद्यार्थी लाई शैक्षिक सामाग्री बितरण गरेका हुन ।

मंगलवार एक कार्यक्रमका विच शैक्षिक सामाग्री वितरण गर्दै पुनले जन्म दिनमा हुने फजुल खर्चलाई कम गरि शैक्षिक क्षेत्रको सहयोगका लागी आफूले बर्सेनि जन्म दिनको अवसरमा विद्यार्थी लाई शैक्षिक सामाग्री वितरण गर्दै आएको बताए।

शारदा नगरपालिका १३ लेख टाकुरा घर भएका पुनले, गरिब, जेहनदार  २ दर्जन बढि विद्यार्थीहरूलाई कापि र कलम लगाएतका शैक्षिक सामग्री वितरण गरेका हुन।

आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेकोमा मगरलाई सोही विधालयका प्रधानाध्यापक गौरी बुढाथोकीले धन्यवाद दिएका छन ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता