जुम्ला जिप दुर्घटना: एकको मृत्यु, १५ घाइते

जुम्ला जिप दुर्घटना: एकको मृत्यु, १५ घाइते

 सागर परियार माघ २ जुम्ला ।

जुम्लाको पातारासी गाउँपालिका–६ कोटाभिरमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जुम्ला विमानस्थलबाट पातारासी गाउँपालिकाको तल्फीपेरे गाउँतर्फ जाँदै गरेको ग १ ज ४०३५ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

घटना स्थलमा पातारासी गाउँपालिका–१ खालाढिककी ४२ वर्षीया छोदेन लामाको मृत्यु भएको प्रहरी निरीक्षक यामबहादुर बुढा मगरले बताउनुभयो । चालकसहित १७ जनामध्ये १५ जना घाइते भएका छन् । जिप चालक भने फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ ।

जिप ब्याक गर्ने क्रममा सडकबाट ५० मिटर तल तिला नदीमा खसेको थियो । घाइते १५ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।

घाइतेमध्ये ६२ वर्षीया मिम्जाम लामा र ६७ वर्षीय कार्मा लामाको अवस्था गम्भीर रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर राजीव शाहले बताउनुभयो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता