दाङमाअपाङ्गता भएका ब्यक्तीहरुलाइ ह्वील चियर बितरण

दाङमाअपाङ्गता भएका ब्यक्तीहरुलाइ ह्वील चियर बितरण

फागुन २६ दाङ

सामाजिक रुपान्तरण तथा जागरण केन्द्र को आयोजनामा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४,५,६ र ७का पाँच जना अपाङ्गता भएका ब्यक्तीहरुलाइ ह्वील चियर बितरण गरिएको छ।

नगरस्तरिय लक्षित कार्यक्रम निबर्तमान कार्यपालिका सदस्य डिला परियारले बिनियोजित गरेको बजेट अन्तर्गत अतिबिपन्न तथा असाय परिवारका ५ जनालाइ ह्वील चियर बितरन गरिएको हो।

जिल्ला समन्वय समिति तथा ४ नम्बर वडा सदस्य साबित्रा रिजाल को प्रमुख आथित्यता तथा निबर्तमान कार्यापालिका सदस्य डिला परियार को बिशिष्ट उपस्थिती रहेको कार्यक्रममा दलित सेवा संघका जिल्ला सदस्य छवि परियार साझेदारी बिकास मञ्चका केन्द्रिय अध्यक्ष खेमराज बिश्वकर्मा लगयातले आ आफ्नो धारणा राख्नु भएको कार्यक्रमको अध्यक्षता अपांग समाज सुधार केन्द्र का अध्यक्ष हुमकान्त कडेलले गरेको कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक सन्तोष चनाराले गरेका थिए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता