दलित जनप्रतिनिधी र समुहका अगुवा बिच दुइ दिने नेतृत्व विकास तालिम सम्पन्न

दलित जनप्रतिनिधी र समुहका अगुवा बिच दुइ दिने नेतृत्व विकास तालिम सम्पन्न

पुष १२ सल्यान

स्थानिय तहमा निर्वाचित दलित जनप्रतिनिधी र समुहका अगुवा बिच दुइ दिने नेतृत्व बिकास तालिम सम्मन्न भएको छ।

विज्ञापन

पुष ११ र १२ गते दुइ दिनका लागी कालिमाटी गाउपालिकाका निर्वाचित दलित जनप्रतिनिधी तथा समुहका अगुवाहरुको नेतृत्व विकास तालिक आज एक कार्यक्रमका बिच समापन गरिएको हो।

दलित सेवा संघको आयोजना विकास कोष नर्वेको आर्थिक सहयोगमामा सञ्चालित बिभेदमा पारिएका जिविको पार्जन सुधार परियोजना अन्तर्गत कालिमाटी गाउपालिका दलित जनप्रतिनिधी र समुहका अगुवाको नेतृत्व विकास गर्ने उदेश्यले  तालिम आयोजना गरिएको हो।

समापन कार्यक्रमा केन्दिय कोषाध्यक्ष सुर्य बहादुर विकले जातिय बिभेद अन्त्य गर्दै समता मुलक समाज निर्माणमा स्थानिय तहमा निर्वाचित दलित महिला तथा समुहका अगुवाको प्रमुख भुमिका रहेको भएता पनि स्थानिय तहमा तयार पारिने योजनामा दलित समुदाएका सवाल तथा पेशागत क्षमता बिकास गर्ने योजना  हाल सम्म निर्माण हुन नसकेको गुनासो गरेका थिए।

दलित सेवा संघ संगठनमा आधारित संस्था भएकाले असंगठित समुदायलाइ संगठित गर्न दलित सेवा संघले परियोजना मार्फत संगठित गरेकाले यसको दिगो बिकासका लागी नेतृत्व बिकास तालिम आयोजना गरिएको बताए।

कार्यक्रममा केन्दिय सदस्य कृष्ण बहादुर बिकले संस्था समुह तथा सरकारका सबै गतिबिधी नेता नै चलाउने  हो  त्यसैले समुहका अगुवा तथा स्थानिय तहमा निर्वाचित दलित जन प्रतिनिधीको भुमिका पनि नेता को भएकाले नेतृत्व बिकास नभए हाल सम्म समुह तथा सरकारमा प्रतिनिधत्व भएता पनि अर्थपुर्ण भुमिका निर्वाह गर्न नसकेकाले नेतृत्व बिकास तालिम आयोजना गरेको बताए।

दुइदिन सम्म सञ्चालन भएको नेतृत्व विकास तालिममा नेतृत्व बिकास नेतृत्त्वको प्रकार नेतृत्वमा हुने गुणहरु आम सञ्चारमा नेतृत्वको भुमिका तथा जातिय छुवाछुत तथा जातिय बिभेद कसुर सजाय ऐन २०६८ तथा संशोधित ऐन २०७५ बारे सहजिकरण संस्थाका केन्दिय कोषाध्यक्ष सुर्य बिक तथा केन्द्रिय सदस्य कृष्ण बिकले गरेका थिए।

सात वटा समुहका १९ जना महिला ३ पुरुष तथा ३ जना  दलित दलित महिला प्रतिनिधि सहभागी भएको कार्यक्रमको अध्यक्षता टेक बहादुर विक स्वागत दलित सेवा संघ सल्यानका बरिष्ठ सदस्य कर्ण बहादुर बिकले गरेको कार्यक्रमको सञ्चालन भिम बहादुर परियारले गरेका थिए।    

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता