कर्णालीका कामी झाँक्रीमा असाधारण शक्ति !

कर्णालीका कामी झाँक्रीमा असाधारण शक्ति !

सल्यान ५ असाोज २०७८

डि बी नेपाली

विज्ञापन

इतिहासकार र अध्येताहरूका अनुसार ऋग्वेदको समय पाँच हजार वर्ष पुरानो मानेका छन् । यही ग्रन्थमा व्यवसाय, शिल्पसुचक जातिहरू कामीलाई कर्मान, सार्कीलाई चर्मान र दमाईलाई तन्तुवाय वा तुत्रवुयु नामकरण गरिएको छ ।

कामी झाँक्री उख्खा फलाकमा पृथ्वीको सृष्टि भएपछि मानिसलाई खानको लागि खेतीपाती र कृषि उत्पादनको लागि किराँती शिवसँगै तिखु (तिख्खन) कामीलाई सतविउ छर्न लगाइ लोकलाई सेवा गरेको मन्त्र तन्त्रमा बक्छन् । मानसखण्ड, हिमवतखण्डमा किराँती शिव सँगसँगै जोडिने जाति कामी (अरू पनि छन् ) हुन ।

नेपालको इतिहास र इतिहासकारहरूले भने सीमान्तकृत समुदायको प्राचीन इतिहास माथि ठूलो अन्याय गर्दै आएका छन् । अमेरिकी नागरिक प्रा.डा. ग्रेगोरी ग्याब्रियल मस्कारिनेकले सन् १९७७-१९९२ सम्म लगातार १५ वर्ष कर्णालीका रूकुम, जाजरकोट, सल्यान लगायत जिल्लामा झाँक्रीको बारेमा गहन अध्ययन गर्नुभएको थियो ।

यो पुस्तक हवार्ड विश्वविद्यालय प्रेसबाट सन् १९९८ मा (The Ruling of the Night) प्रकाशित भएको थियो । पुस्तकमा विशेषगरी नेपाली झाँक्री परम्पराको मूल कामी लगायत सिमान्तकृत समुदायकै हुने निष्कर्ष छ । तर धामी भने सबै समुदायबाट हुन्छन् भन्ने तथ्य पनि शोधले प्रकाश पारेको छ । यो अंग्रेजी संस्करणलाई शिलु घिमिरेले अनुवाद गरि सन् २००१ मा नेपाल प्रज्ञा-प्रतिष्ठानले छाप्ने जिम्मा लिएको थियो ।

 तर यताउता, कताकता पाराले प्रज्ञाले दशवर्षसम्म झुलाएर नेपाली उल्था पाण्डुलिपि नै गायब पारिदिएको दुखान्त वेदना लेखक र अनुवादकले पुस्तकमा चर्चा गरिएको पाइन्छ । पछि मस्कारिनेकसँग बचेखुचेको, जोडजाम पारेर विं. सं. २०६९ सालमा अक्सफोर्ड इन्टरनेश्नल पब्लिकेसन्स प्रा.लि. अनामनगर काठमाडौले रात्रिका निर्देश नामको पुस्तक छापिएको हो ।

 प्रज्ञा-प्रतिष्ठानले पाण्डुलिपि नै गायब पारेर नछाप्नुको पछाडि एउटै कारण थियो । एकल राज्यसत्ताको जाँतोले किचेर दबाइएका वर्ग समुदायको प्राचीन सत्यतथ्य वास्तविक इतिहास बाहिर आउनु । अब यहाँहरूले बुझ्नस ! देवीदेवता, मन्दिर समेत कब्जा गरेर निषेध गरिनुको कारण के रहेछ ? यी समुदायमा अथाह किसिमको शिल्पकौशल, सँस्कृति सम्पदा र सभ्यताको खानी छन् ।

त्यसैकारण चतुर शासकवर्गको हेपाइ, चेपाइमा परेर अस्तित्व नै समाप्त पारिएको हो । यो हदको उत्पीडन, विभेद र बहिष्करण के कति कारणले भएको थियो ? भन्ने कुरा बुझ्न समकालीन झुटो इतिहास भन्दा बाहिर प्राचीन इतिहाससम्म नपुगी संभव छैन । केही साथीहरूबाट सुनेको थिँए ।

कामी झाँक्रीले अचम्म तरिकाले फलामको डण्डी भाँच्छन, विभिन्न चमत्कार गरेर देखाउँछन् भन्ने कुरा । प्रत्यक्ष आँखाले नदेखिकन भनेको भरमा त्यति विश्वास लागेको थिएन । त्यस ठाउँमा आफै समय मिलाएर हेर्न जाने सोच पनि बनाएको थिँए । तर यसवर्ष त्यत्तिकै भयो ।

तर सामाजिक सञ्जालको सञ्चार सुविधाले पुरै हेर्न नपाए तापनि कामी झाँक्रीले फलामे डण्डी भाँचेको केही क्लिप भने हेर्न पाइयो । यी दुबै दृष्य कर्नाली कालिकोटकै हुन् । पहिलो भिडियो कुमाल थरका कामी झाँक्री हुन् ।

 उनले फलामे लौरी काँधमा राखेर टुईटुक्रा पारिसके पछि उफ्रिँदै, काम्दै, नाच्दै थामिदै थान नजिक गएर उभिन्छन् । यसबेला पञ्चै बाजाको ताल धिमा गतिमा बज्छ । सबै जना आएर झाँक्रीको शिरमा पैसा राखिदिन्छन्, झाँक्रीले शिरमा अक्षता, टीका र हात राखेर आशिर्वाद दिन्छन् ।

 यसबेला कुनै पनि जातको चासो सरोकार हुँदैन । बाहुन, क्षेत्री, ठकुरी, जनजाति सबैका लागि झाँक्री पूज्य, मान्य हुन्छन् यो शक्ति प्राप्तिका लागि विशेष चोखो नितो, साधना, तपस्याका साथ ४-५ दिन अघिबाटै मूलझाँक्री र सहायक झाँक्रीहरू गुप्तवास जस्तै बस्ने गर्दछन् ।

कुलपितृदेव र प्रकृतिको पूजा गरि विशेष शक्ति मागिन्छ । पृथ्वीको उत्पति महाविस्फोटको अदभूत ध्वनि शक्तिबाट भएकोमा वैज्ञानिकहरू सहमत छन् । दमाईँ जातिको पञ्चैबाजा पञ्चमहाभूतको प्रतीक पनि हो ।

नाद भनेको ध्वनि, ध्वनि भनेको वायुशक्ति ! दमाईँहरूको पञ्चैबाजाको विशेष राग, तालमा अकल्पनीय शक्ति प्रादूर्भाव हुँदा झाँक्रीहरूमा अलौकिक मुक्त मानव (साइटिक एबिलिटि) को रूपमा शक्ति शरीरमा प्रवाह हुँदा फलामे मोटो लौरी ठनक्क दुईवटा टुक्रा पार्न झाँक्री सफल भएका छन् ।

 मूलत: हिमाल-पहाड र तराईका शिल्पकौशलका धनी शिल्पी समुदायहरू प्रकृतिपूजक मन्त्र तन्त्र बोन परम्पराका अनुयायी रहेको प्रमाणित हुन्छ । हजारौं वर्ष देखि सिंगो शिल्पी समुदायलाई मूर्तिकरण अर्थात् पुरै निर्जीकरण गरिएको छ ।

शिल्पी समुदायको कथ्य वा भाष्य यसरी विकास गरिएको छ कि, उनीहरूको अस्तित्व, इतिहास, पहिचान, सँस्कृति, सम्पदा र सभ्यता केही पनि छैन ! नेपालकाे प्राज्ञिक वर्ग, बौद्विक जमात र सचेत समूहहरू समेत गलत भाष्यमै रूमलिएका छन् ।

 संभवत: यति मौलिक, शसक्त र प्रभावशाली झाँक्री जात्रालाई विश्वसम्पदा सूचीमा सूचीकरण गर्न ढिला गर्न हुँदैनथ्यो । तर शासकहरूलाई लाग्दो हो, यो सँस्कृति कामी जातिको मात्र हो । तलको दुईवटा भिडियो क्लिक गरेर हेर्नुहोस । विज्ञानलाई समेत चुनौती दिने असाधारण कामी झाँक्रीले शक्ति देखाइएको दुर्लभ दृष्य !!! जय होस !!!

 (द्रष्टव्य: कुनै व्यक्ति, विचार समूहले गिजोलेर विकृत बनाउँदैमा शिल्पी शब्द प्रयोग नगर्ने भन्ने हुँदैन । कथित दलित भन्दा हजारौं वर्ष जेठो भएकोले शिल्पी शब्द नै प्रयोग गरिएको छ) ।

 स्रोत : डि बी नेपालीको फेस बुक बाट सुबर्ण कुमाल र बाले बिश्वकर्म

वास्तविक हेर्न भिडियो हेर्नुहोस भिडियो श्रोत सुबर्ण कुमाल

https://www.facebook.com/bibas.bishowkarma/videos/193914059387252/?cft[0]=AZXee0Pb-

https://www.facebook.com/bibas.bishowkarma/videos/193914059387252/

https://www.facebook.com/subarna.pahadi/posts/1891124597736493

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता