जुम्लामा नजिर बन्याे जातिय बिभेद बिरुद्धकाे पहिलाे घटना वडा अध्यक्ष र उनका छाेरा छुटे धराैटीमा

जुम्लामा नजिर बन्याे जातिय बिभेद बिरुद्धकाे पहिलाे घटना वडा अध्यक्ष र उनका छाेरा छुटे धराैटीमा

२०७८ भदाै १ जुम्ला

जुम्ला जिल्लाकाे सिंजा गाउँपालिका -६ का वडा अध्यक्ष कालिबहादुर बुढा र उनका छाेरा नविन बुढालाइ आज जिल्ला अदालत जुम्लाले धराैटीमा रिहा गरेकाे छ।

विज्ञापन

नेपालीले जातीय विभेद बिरुद्धकाे जाहेरी असार २५ गते जिल्ला प्रहरी कार्यलय जुम्लामा दर्ता भएकाे झण्डै एक महिना पछि जातिय बिभेद गर्ने वडा अध्यक्षकाे छाेरा नविन बुढालाइ प्रहरीले प्रक्राउ परेकाे गरेकाे केही समय पछि फरार सुचीमा रहेका वडा अध्यक्ष कालीबहादुर बुढा आाज जिल्ला अदालत जुम्लामा हाजिर भै १ लाख १० हजार र उनका छाेरा १ लाख धराैटी तिरेर रिहा भएकाे बिबेन्द्र नेपालीले बताएका छन।

जातिय बिभेदकाे घटना बिरुद्ध जुम्लामा पहिलाे नजिर बनेकाे र अब जातिय बिभेद बिरुद्ध लड्न कानुनी तथा मानसिक रुपले तयार हुनु पर्ने समय आएकाले सबै दलित एक जुट हुनु पर्ने बिबेन्द्र नेपालीकाे बताएका छन।

उनले भने जातिय बिभेद गर्ने वडा अध्यक्षलाइ जनप्रतिनिधी बनेर काम गर्न कुनै अधिकार नभएकाे तथा तारेख समय सम्म उनलाइ निलम्बन गर्न अदालत समक्ष आफु अर्काे रिट लियर जाने बताएका छन ।

दलित समुदायमाथी ज्यानमार्ने धम्की दिने तथा बिकास भएकाे झुठाे प्रचार गर्ने दलित समुदायलाइ भ्रमित बनाउने अध्यक्षकाे कार्यशैली प्रति जुम्लाका सबै दलित चनाखाे हुनु पर्ने जिकिर गरेका छन ।

आफुविरुद्ध जातिय बिभेद गर्ने पिडक वडा अध्यक्ष कालि बहादुर बुढा र उनका छाेरा नविन बुढालाइ जातीय छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ काे दफा ४ काे उपदफा १ र २ अनुरुप कसूर गरे वाफत कार्वाहीकाे भएकाे पिडकलाइ कानुनी दायरामा ल्याउन सहयाेग गर्ने सबै अधिकारकर्मी सुरक्षा कर्मी पत्रकार सबैलाइ धन्यबाद दिएका छन ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता