वाइसियल सल्यानले कुपुरकाेट गाउपालिकाका अग्नीपिडित र मृगौला पिडितलाइ राहत वितरण

वाइसियल सल्यानले कुपुरकाेट गाउपालिकाका अग्नीपिडित र मृगौला पिडितलाइ राहत वितरण

श्रावन ११ सल्यान २०७८

योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसिएल) सल्यानद्धारा कपुरकोट गाउँपलिका २ दानबाङ्गका अग्निपिडित शुक्र बहादुर बुढा र दानवाङ्गकै हिमा घर्तीलाई जनही ३७ हजार ५ सय रुपैयाँ वितरण गरिएको छ ।

विज्ञापन

कपुरकोट २ का आशिंक आगलागी पिडित धनवाङका खड्क बहादुर विश्वकर्मालाई रु ५ हजार, मृगौला फेल भएकी कपुरकोट गाउँपालिका २ धनठानकी बिमा विश्वकर्मालाई रु १० हजार र पहिरोबाट घरमा आंशिक क्षति भएका कपुरकोट गाउपालिका ५ सिन्दुरीका पूर्ण बहादुर भण्डारीलाई रु ५ हजार नगद राहत वितरण गरिएको वाइसियल सल्यानले जनाएकाे छ।


योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसिएल) सल्यानद्धारा अग्निपिडित र र्दीघ रोगीलाई राहत दिने निर्णय अनुसार प्राकृतिक विपद् वा अन्य कुनै कारण समस्यामा परेका व्यक्तिलाई संगठनले सक्दो सहयोग दिने कार्यलाइ निरन्तरता दिने गरी प्राकृतिक विपद् (अग्निपिडित), र्दीघरोगी र पहिरोको उच्च जोखिममा रहेका कपुरकोट गाउँपालिकाका पाँच घरपरिवारलाई नगद रु ९५ हजार नगद ५ हजार १ सयकाे जिन्सी गरी १ लाख १ सय रुपैयाँ राहत वितरण गरिएको वाइसियल सल्यानका अध्यक्ष प्रकाश भण्डारीले जानकारी दिएका छन ।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता