दार्मा गाउपालिका ६ वटै वडाका अति विपन्न १४३ घरपरिवारलाई यु.भि.एन. संयुक्त दर्शन नेपाल र प्रशंम्सा मंडलीद्वारा खाद्यन्न सहयाेग

दार्मा गाउपालिका ६ वटै वडाका अति विपन्न १४३ घरपरिवारलाई यु.भि.एन. संयुक्त दर्शन नेपाल र प्रशंम्सा मंडलीद्वारा खाद्यन्न सहयाेग

श्रावन ४, सल्यान,

दार्मा गाउपालिका ६ वटै वडाका काेराेना महामारी र बाढी पहिराेवाट प्रभावित अति विपन्न १४३ घरपरिवारलाई यु.भि.एन. संयुक्त दर्शन नेपाल र प्रशंम्सा मंडलीद्वारा खाद्यन्न सहयाेग गरिएकाे छ।

विज्ञापन

दार्मा गाउपालिका वडा नम्बर ३ ब्यरुखेतमा रहेको प्रशंम्सा मण्डलीले दाेस्राेचरणकाे काेराेना महामारी तथा बाढी पहिरोबाट प्रभावित दार्मा गाउपालिकाका ६ वटै वडाका १४३ घरधुरीलाई गाउपालिका अध्यक्ष निम बहादुर केसीकाे बिशेष उपस्थितीमा राहात बितरण गरिएको हाे ।

प्रशंम्सा मण्डलीका पास्टर नरबहादुर बिकले काेराेना महामारी तथा बाढी पहिराेकाे कारण दर्माली जनताको घरमा चुलो नबलेको हुदा थोरै मात्रामा भएपनी हाम्रो सस्थाले सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

यु , भि , एन सस्थाको ४ लाख १५ हजार बराबरको आर्थिक सहयोग तथा प्रशंम्सा मण्डलीकाे सहजीकरणमा दार्मा गाउँ कार्यपालिकाको निर्णय अनुसार ६ वटै वडाबाट सिफारिस भएर आएका १४३ घर परिवारलाइ २५ के जि चामल , २ के जि दाल , १ के जि चिउरा १ के जि नुन २ लिटर तेल साथै २ वटा साबुन बितरण गरिएकाे पास्टर नर बहादुर बिक ले जानकारी दिएका छन ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता