ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
छत्रेश्वरीको पहिलो पूर्ण सरसफाई उन्मुख क्षेत्रको रुपमा दुई टोल घोषणा

छत्रेश्वरीको पहिलो पूर्ण सरसफाई उन्मुख क्षेत्रको रुपमा दुई टोल घोषणा

सल्यान, २२ असार

छत्रेश्वरी गाउँपालिका सल्यानको पहिलो पूर्ण सरसफाई उन्मुख क्षेत्रको रुपमा वडा नम्बर ४ स्थित दुई टोललाई घोषणा गरिएको छ । वडा नम्बर ४ का पोखरीडाँडा र हारिचार टोललाई पुर्ण सरसफाइ उन्मुख घोषणा संगै खानेपानी योजना उद्घाटन र हस्तान्तरण गरिएको हो । वि.सं. २०८३ सालभित्र गाउँपालिकालाइ नै पुर्ण सरसफाइ उन्मुख पालिका घोषणाको लक्ष्य अनुरुप वडा एवं टोलस्तरमा पुर्ण सरसफाइ एवम स्वच्छताका क्रियाकलाप संचालन भैरहेका छन् ।

विज्ञापन

पुर्ण सरसफाइका विभिन्न सुचकहरु पुरा भएपछी ढुंगेखानी हारिचार पोखरीडांडा खानेपानी सरसफाइ तथा स्वच्छता योजना क्षेत्रभित्र जम्मा ३२ घरधुरी रहेका टोल नम्बर १ अन्तर्गत पोखरीडांडा र टोल नम्बर २ अन्तर्गत हारिचार टोललाई एक कार्यक्रमकाबिच पुर्ण सरसफाइ उन्मुख घोषणा गरिएको गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिए ।

 

कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्रीले बोल्दै सरसफाई अभियानमा सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिएका थिए । सो अवसरमा खानेपानी योजनाको उद्घाटन र योजना हस्तान्तरण गरिएको थियो । गाउँपालिका अध्यक्ष बुढाथोकीले उपस्थित सबैलाइ दश बुदे प्रतिबद्धता गराएका थिए ।

कार्यक्रममा भुमी समस्या समाधान आयोग सल्यानका सदस्य ज्ञान बहादुर खड्का, वडा नम्बर ४ का वडा अध्यक्ष छविलाल खत्री, कार्यपालिका सदस्य तुल्सा विक, पूर्व वडाध्यक्ष नेव बहादुर खड्काले मन्तव्य राखेका थिए । सौचालयको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ अन्तर्गत मनिनावारी व्यवस्थापन र साबुन पानीले हात धुने, सुरक्षीत पानीको पहुँच र प्रयोग, सुरक्षीत खानाको प्रयोग, घरायसी, संस्थागत एवं वातावरणीय सरसफाइका सुचकहरु पूरा भएपछी घोषणा गरिएको वास सहजकर्ता सुरज वलीले जानकारी दिए ।

कार्यक्रममा वडा सदस्यहरु पोखराज खड्का, शान्ता उपाध्याय, पूर्व जनप्रतिनिधी सुस्वा आयोजनाका वास सल्लाहकार गुम्म नेपाली, बिद्यालयका प्रतिनिधि, वास युनिटका कर्मचारी, प्रहरी, स्वास्थ्यकर्मी, विद्यार्थी, स्थानियहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।

छत्रेश्वरी गाउँपालिकाल र सबैका लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता परियोजना (सुस्वा) को साझेदारीमा करिव ३४ लाख ८७ हजार रुपैयाँ लागतमा खानेपानी योजना सम्पन्न भएको ढुंगेखानी हारिचार पोखरीडांडा खानेपानी सरसफाइ तथा स्वच्छता योजनाका अध्यक्ष एकराज केसीले बताए ।

योजना उद्घाटन, हस्तान्तरण तथा पूर्ण सरसफाई उन्मुख टोल घोषणा कार्यक्रममा गाउँपालिका तथा वडा कार्यालयको तर्फबाट टोललाई प्रमाणपत्र एवं प्रसंशापत्र समेत प्रदान गरिएको थियो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता