२ नं वडा आत्मनिर्भर र व्यवसायीकरण गर्न एडभान्स सिलाईकटाई तालिम
असार ७ सल्यान
२ नं वडा आत्मनिर्भर र व्यवसायीकरण गर्न एडभान्स सिलाईकटाई तालिम सम्पन्न भएको छ।
छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ मा महिला उद्यमशीलता अभिवृद्धिका लागि सञ्चालन गरिएको आधारभूत कटाइ–सिलाइ तालिम सम्पन्न भएको हाे।
यस छत्रेश्वरी गाउँपालिकाको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरिएको उक्त तालिम २०८२ बैशाख १५ गतेदेखि असार ६ गतेसम्म सञ्चालन गरिएको तालिम एक कार्यक्रमका वीच सम्पन्न गरिएको छ।

तालिममा वडा नम्बर २ का १४ जना महिला सहभागी भएका थिए । उनीहरूलाई दैनिक जीवनमा आवश्यक हुने कपडा सिलाउने सीपसँगै घरेलु स्तरमै आम्दानी आर्जन गर्न सकिने आधारभूत ज्ञान र सीप प्रदान गरिएको थियो ।
प्रशिक्षकमार्फत कटाइ, मापन, ढाँचा निर्माण, मेसिन सञ्चालन, सुरक्षाका सावधानीलगायत विविध पक्षमा सहभागीहरूलाई प्रशिक्षण दिइएको थियो ।

तालिमको समापन अवसरमा वडा नम्बर २ का वडा अध्यक्ष प्रेम नेपालिले सहभागीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
स्थानीय स्रोत साधनको उपयोग गर्दै महिलालाई स्वरोजगारमुखी बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको यो तालिम प्राप्त गरेपछि सहभागी महिलाहरूले आत्मविश्वास अभिवृद्धि भएको जनाएका छन् ।
#२ नं वडा आत्मनिर्भर र व्यवसायीकरण गर्न एडभान्स सिलाईकटाई तालिमसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा